‘नेपाल करी सेफ’ प्रतियोगिता गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेता बेलायत जान पाउने

बिजमाण्डू
२०८१ असार २६ गते १५:२३ | Jul 10, 2024
‘नेपाल करी सेफ’ प्रतियोगिता गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेता बेलायत जान पाउने


काठमाडौं। सिद्धार्थ हस्पिटालिटी समूहले नेपाली खानाको प्रवर्धन गर्ने भन्दै पाककला प्रतियोगिता ‘नेपाल करी सेफ अफ द इयर’ गर्ने भएको छ।

Tata
GBIME
NLIC

सिद्धार्थ हस्पिटालिटीले विश्व प्रसिद्ध सेफ टमी मियासँगको सहकार्यमा पाककला प्रतियोगिता गर्ने भएको हो।

प्रतियोगितामा सहभागी हुन इच्छुकले सिद्धार्थ ग्रुप अन्तर्गतका विभिन्न होटल, रेस्टुरेन्ट तथा क्याफेहरुमार्फत आवेदन दर्ता गर्न सक्ने छन्।

कार्यक्रम संयोजक दुर्गादत्त पन्तले प्रतियोगितामा छनोट हुनेको अन्तिम चरणको प्रतिस्पर्धा र विजेता घोषणा अगस्ट २४ मा हुने जानकारी दिए।

सिद्धार्थ हस्पिटालिटी समूहका अनुसार प्रतियोगिताका विजेताले आगामी सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिभल’मा यातायात र आवास सुविधासहित सहभागी हुन पाउने छन्।