दुईवटा मिसोलान स्टार पाएको दुबईको यो रेष्टुरेन्ट जहाँ हेड सेफ छन् नेपालका राहुल बाबु श्रेष्ठ

बिजमाण्डू
२०८१ असार २३ गते १२:४२ | Jul 7, 2024
दुईवटा मिसोलान स्टार पाएको दुबईको यो रेष्टुरेन्ट जहाँ हेड सेफ छन् नेपालका राहुल बाबु श्रेष्ठ
हेड सेफ राहुलबाबु श्रेष्ठ (दायाँबाट पहिलो)

दुबईमा जेसन आर्थटनद्वारा संचालित रेष्टुरेन्ट ‘रो अन फोर्टीफाइभ’ ले दुईवटा मिसोलान स्टार प्राप्त गरेको छ। मिसोलान स्टार उत्कृष्ट पाककला भएको रेष्टुरेन्टलाई प्रदान गर्ने गरिन्छ।

Tata
GBIME

बेलायती सेफ आर्थटनले दुई दशकअघि दुबईको हिलटन क्रिकबाट रेष्टुरेन्ट व्यवसाय सुरु गरेका थिए। यो वर्ष उनको रेष्टुरेन्टले दुईवटा मिसोलान स्टार पाएको हो।

खानामा राखिने सामाग्रीको गुणस्तर, स्वादको सन्तुलन, दक्षता, सेफको व्यक्तित्व र मेनुमा निरन्तरतालाई आधार मानेर स्टार दिने गरिन्छ।

दुईवटा मिसिलोन स्टार पाउने ‘रो अन फोर्टीफाइभ’ रेष्टुरेन्टको ‘हेड सेफ’का रुपमा कार्यरत छन् नेपालका राहुल बाबु श्रेष्ठ। दुईवटा मिसिलोन स्टार पाउने रेष्टुरेन्टमा काम गर्ने पहिलो हेड सेफ भन्दा उनलाई फरक पर्दैन।

सन् २०१३ देखि श्रेष्ठले रेष्टुरेन्टमा इन्टर्सिप गर्न सुरु गरेका थिए। त्यसपछि लन्डन र सिंगापुरका रेष्टुरेन्टमा उनले काम गरे। सिंगापुरमा पनि उनले जसनसँग काम गरेका थिए। पछि उनी ३ वटा मिसिलोन स्टार पाएको रेष्टुरेन्टमा काम गर्न नर्वे गएका थिए।

सन् २०१६ मा उनी फेरि जेसनसँग काम गर्न दुबई पुगेका थिए। हाल उनी सो रेष्टुरेन्टका सेफ दी क्युजिन (हेड सेफ) सँगै मेनको इन्चार्ज र डिस डेभलप्मेन्टमा काम गरिरहेका छन्। सँगै एक्जुक्युटिभ सेर्फ ड्यान बर्कसँग उनले किचन टिम सम्हालिरहेका छन्।