
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थको ब्राण्डिङ् सम्भाव्यता अध्ययन सुरु गरेको छ।
नेवाः समुदायले उत्पादन गर्ने अय्ला र थ्वं धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा प्रयोग हुँदै आएको छ। यस्तै यसलाई औषधिका रुपमा समेत प्रयोग गर्ने गरिएको छ।
जन्म र मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैंले उत्पादन गरेको अय्ला र थ्वंलाई गुणस्तरीय मानिन्छ।
यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्राण्डिङ् गरेर विश्व समक्ष पुर्याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो।