ग्लोबल आइएमई बैंकका ग्राहकहरुले होटेल आइकावा इनमा १५ प्रतिशतसम्म छुट पाउने

बिजमाण्डू
२०८१ जेठ ३२ गते १४:५३ | Jun 14, 2024
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले होटेल आइकावा इनमा १५ प्रतिशतसम्म छुट पाउने


काठमाडौं। ग्लोबल आइएमई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले चितवनको होटेल आइकावा इनमा १५ प्रतिशत छुट पाउने भएका छन्।

Tata
GBIME

समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले होटेल आइकावा इनले उपलब्ध गराउने सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।

बैंकले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका छुट दिने योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ। छुटसम्बन्धी समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इनका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन्।