पूँजी आफ्नै स्रोतबाट, मर्जरलाई छाडेका छैनौं, माछापुच्छ्रे बैंकका सिइओ श्रेष्ठको अन्तर्वार्ता

बिजमाण्डू
२०७४ असार ४ गते ०९:४७ | Jun 18, 2017
पूँजी आफ्नै स्रोतबाट, मर्जरलाई छाडेका छैनौं, माछापुच्छ्रे बैंकका सिइओ श्रेष्ठको अन्तर्वार्ता



 म आएको ८ महिना भयो। बैंक आफ्नो गतिमा हिँडिरहेको छ। पुरानो कुरा फर्किएर हेर्नुको अर्थ पनि छैन। अतितले सबैका लागि सिक्ने अवसर पनि दियो। आजको दिनमा बैंक निक्कै प्रोफेसनल ग्राउण्डमा आएर अगाडि बढिरहेको छ। यही टाइममा मार्केट डाइनामिक्स परिवर्तन भएर अफ्ठेरो अवस्था चै पक्का आएको हो। तर परफरमेन्सवाइज हामी सन्तुष्ट नै छौं। अप्ठेरो अवस्थामा पनि हामीले सहज रुपमा बैंकलाई अगाडि बढाउन सक्षम भयौं।
बाणिज्य बैंकिङ इण्डष्ट्रीमा कान्छो सिइओका रुपमा माछापुच्छ्रे बैंकको नेतृत्व गर्न पुगेका छन् निरज श्रेष्ठ। उनी त्यो बेला सिइओ भए, जुन बेला पर्याप्त तरलता थियो। ब्याज दर पनि सस्तो थियो। माछापुच्छ्रे मर्जर छाडेर आफैले पूँजी पुर्याउने योजना अनुसार अगाडि बढिरहेको थियो। तर समय फेरियो। तरलता अभाव हुन थाल्यो। ब्याज दर पनि बढ्न थाल्यो। एउटा बैंकले अर्कोको पैसा खोस्न थाले। माछापुच्छ्रे बैंकका सिइओ  श्रेष्ठलाई बिजमाण्डूका सुदर्शन सापकोटाप्रभात भट्टराईले सोधे- फ्रेस सिइओलाई चुनौतीका चाङ्गले एकै पटक लखेट्दा परिस्थित सम्हाल्न कत्तिको हम्मे पर्ने रहेछ?
  
ह्वात्तै ऋण विस्तार गरेर राम्रो नाफा बुक गरौंला भनेर बैंकहरुले सोचिरहेका बेला तरलता अभाव भएर ब्याज दर बढेपछि सुपर नाफाको चाहनामा केही असर पर्ने भएको हो?

पक्का पनि सबै बैंकको प्रोफिटाबिलिटीलाई तरलता अभावले  यसपाली असर गर्छ। सबैको खर्च बढेको छ।
 
पाँच प्रतिशतको स्प्रेडले केही सहज त बनाएको होला नि?
पाँच प्रतिशतको स्प्रेडले केही सहज त हुन्छ। तर सबैले पाँच प्रतिशत मेन्टेन गरेर बसिरहेको त छैन। निक्षेपको ब्याज ह्वात्तै बढ्यो तर त्यो अनुपातमा ऋणको ब्याज बृद्धि गर्न सकिएन। यसले स्प्रेड त खुम्चिने भइहाल्यो नि।
 
उदाहरणका लागि साढे ६ प्रतिशतको अटो लोनको ब्याज १३ प्रतिशत पुगिसक्यो?
एउटा पाटोलाई मात्र हेरेर हुँदैन। समग्रमा ब्याज दर हेर्नुपर्छ । हाम्रै बैकको उदाहरण दिन्छु, जुन अरु बैंकको पनि होला। जहाँ निक्षेपको लागत दोब्बरभन्दा बढि बढेको छ। तर ऋणको ब्याज दर दोब्बर भएको छैन नि। यसको असर स्प्रेडमा देखिहाल्छ नि।
 
यस्तो किन भयो?
यसमा दोष लगाउनु बेकार हो। बैंकहरु केही उत्साहित भएका हुन्, जुन स्वभाबिक थियो। बजारबाट ऋणको माग आएकै थियो।
 
आफ्नो थैली सानो भएपछि माग आयो भन्दैमा…?
हैन हैन। यसलाई यसरी हेर्नु पर्छ। पोहोरबाट अर्थतन्त्रमा राम्रो सुधार आएको थियो। सबै क्षेत्रले राम्रो गरिरहेको थियो। माग पनि त्यही अनुसार बढेकै हो। माग बढिरहेको थियो भने बैंकहरु पूँजी पनि बढाइरहेका थिए। यो अवस्थामा मागलाई पूँजीकृत गर्न खोज्नु त स्वभाविक हो नि, जुन अवसर पनि हो।
 
पहिले नै निक्षेप पर्याप्त राखेर लगानी गर्नु र निक्षेप पनि आउँदै गर्छ भनेर लगानी गर्नु यो दुई वटा कुरा हुन्छ। प्रुडेन्टली गर्दा त निक्षेप पर्याप्त राखेर लगानी गर्नु ठिक होला। तर बिजनेश गर्दा एउटा एक्सपेक्टेसन त हुन्छ नै। यहाँबाट इन्फ्लो यहाँबाट आउटफ्लो भन्ने विश्लेषणमा पनि लगानी गर्नु पर्छ। तैपनि कुन हलसम्म जाने भन्ने छुट्टै कुरा हो।
 
साधरणतया हामीजस्तो बैंकहरुले कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) मा २ प्रतिशत तीन प्रतिशतको स्पेस राखेर लगानी गरिरहेका हुन्छौं। तर आशावादी हुँदा सिसिडी 'नेक नेक' नै राखेर जानु पर्छ, किनभने निक्षेप त आइहाल्छ नि भन्ने पनि हुन्छ। तर ८० प्रतिशत नै नाघेर मनपरी गर्नु भनेको चै राम्रो कुरा होइन। केही समय त्यस्तो देखियो पनि होला। कुन डिग्रीसम्म कुन बैंकले कतिसम्म गर्यो भन्न सकिने अवस्था छैन। तर समग्र बैंकिङ क्षेत्रमा अलिकति बढि नै एग्रेसिभनेस देखिएकै हो। मिसम्याच पनि देखिएकै हो। तैपनि गलत नियतले यस्तो गरेको भन्नु हुँदैन।
 

Tata
GBIME
NLIC
ब्याज दर बढाउँदैमा त पैसा आउने रहेनछ। ब्याज दरबाट नयाँ निक्षेप ल्याउन खोजिएको पनि हो। अर्कोतर्फ बैकबैकबीच नै निक्षेप खोसाखोस भयो। त्यसो हुँदा आफ्नो पैसा जोगाउन पनि ब्याज बढाउनु पर्ने अवस्था आयो। 

माग कुन क्षेत्रबाट बढि आएको थियो? धेरै पैसा त हकप्रद सेयर भर्न ऋणका लागि नै गयो होला नि?
केही हदसम्म हकप्रदतिर पनि गयो होला। तर सबै बैंकको एउटै ठाउँमा लगानी गयो भन्ने होइन। बैंक अनुसार ऋणको माग पनि फरक पर्छ र ऋण लगानी पनि फरक पर्छ। अधिकांश बैंक राम्रोसँग बस्दा पनि केही बैंकको एग्रेसिभनेसले गर्दा असर देखिएको हो।
 
हाम्रै बैंकको उदाहरण दिन्छु। हामीले सिसिडी रेसियो निरन्तर रुपमा कायम गरेर बसेका हौं। कहिले पनि नाघेर लगानी गरेनौं। तर एउटा बेला यस्तो आयो कि हामीसँग भएको डिपोजिट बाहिरिन थाल्यो। यसरी वाहिरियो कि सिसिडी रेसियो ८० प्रतिशत केही दिन नाघ्यो । आफू प्रुडेन्ट हिसाबले चल्दा पनि यस्तो अवस्था आयो। अनि हामीले पनि महँगो निक्षेप लिएर सिसिडी कायम गर्नु पर्ने भयो। राष्ट्र बैंकको सहुलियतविना हामीले अहिले पनि सिसिडी रेसियो ७७ प्रतिशत कायम गरेर बसेका छौं।
 
राष्ट्र बैंकले सिसिडीमा दिएको सहुलियत बैंकिङ क्षेत्रका अधिकांसले लिएका छन्। अब असार मसान्तपछि त त्यसको म्याद पनि सकिँदैछ। त्यसपछि फेरि निक्षेप खोसाखोस हुने सम्भावना कतिको रहन्छ?
माघ महिनायता अधिकांश बैंकले आफूलाई करेक्सन गरिसकेको हुनु पर्छ। ऋण घटाएर हुन्छ कि वा अलिकति निक्षेप बढाएर हुन्छ। असारपछि पनि राष्ट्र बैंकले सहुलियत देला भनेर कुनै पनि बैंक बसेजस्तो लाग्दैन।
 
ब्यक्तिगत रुपमा भन्नु पर्दा, राष्ट्र बैंकले दिएको सहुलियत कहिलेसम्म त? त्यसैले कुनै न कुनै बिन्दुमा यसको करेक्सन त हुनै पर्छ। करेक्सन जति चाँडो भयो उति राम्रो हुन्छ।
 
मूख्यत: पूँजी बृद्धिका लागि राष्ट्र बैंकको हकप्रद शेयर नीति र बैंकरको एग्रेसिभनेस नै जिम्मेवार देखियो नि समस्याको?
राष्ट्र बैंकको हकप्रद सेयर वितरण नीति त होइन। पूँजी बृद्धि नै हो राष्ट्र बैंकको मूख्य नीति त। राष्ट्र बैंकको निर्देशन मानेरै बैंकहरुले पूँजी बढाएका हुन्। बैकको एग्रेसिभनेसमा  अलिकति कुसन राखेर काम गरिरहेका बैंकहरुले कुसन टाइट गर्ने रणनीति बनाए। तर नियामकले दिएको निर्देशन नाघेर लगानी गर्नु चै छुट्टै बिषय हो।
 

अवसर नै अवसर देख्छु म त। चुनौतीका चाङ्मै मान्छेले निखारिने अवसर पाउने हो। संयमित भएर काम गर्नु पर्छ। आक्रामक मात्र भएर काम लाग्दैन यसमा। बैंक भनेको २/४ बर्ष ८/१० बर्ष चल्ने ब्यवसाय होइन। यो त सयौ बर्षसम्म रहन्छ। त्यसैले दीर्घकालिन सोच लिएरै काम गर्ने हो। छोटो अवधिको उद्देश्य लिएर काम गर्ने होइन हामीले। 

बैंकहरुले त यसपाली आफैले बनाएको नियम पनि पालना गरेनन् नि! खासगरी भद्रसहमतिवाला?
यसलाई विभिन्न नाम दिइएको छ। बैंकहरुको राम्रो सोचले नै यो आएको थियो। एउटा तहमा नबस्दा कसैलाई पनि फाइदा गर्नेवाला छैन भनेर नै गर्न खोजेको हो। कुनै एग्रिमेन्ट थिएन त्यो। यदि त्यो पालना गर्न सकेको भए सबैलाई फाइदा नै गर्ने रहेछ। निक्षेपकर्ता र ऋणी सबैलाई फाइदा पुग्थ्यो। आजको दिनमा पनि कन्ट्रोलमा छैन। असार मसान्त आउँदैछ। कर तथा राजस्वको दबाबमा पर्छ। अहिले नै दबाबमा रहेका बैंकहरुलाई मसान्त नजिकिँदै गर्दा झन् अप्ठेरो पर्छ।
 
यो अवस्था सुध्रिने लक्षण देखिएको छैन, आगामी दिनमा?
साउन लागेपछि निक्षेप बढ्छ भन्ने अपेक्षा हो। पछिल्ला दिनहरुमा नबढेको हेर्दा संसय चै कायमै छ। नेचुरल बृद्धि त अहिले पनि छ। तर अपेक्षा अनुसार बृद्धि भएको छैन।
 
यसको अर्थ बैकहरुले ऋणका फाइलका भारी धेरै बोकेजस्तो छ। जति पैसा आए पनि नपुग्ने?
प्रतिबद्धता जनाएका ऋणहरु त पक्का पनि हुन्छन्। जलविद्युत, सिमेन्ट, स्टीलका ठूला फाइलहरु पेन्डिङमा छन्। त्यसमा कमिटमेन्ट गरिएको हुन्छ। कसैको धेरै हुन्छ कसैको थोरै हुन्छ। घरगाडीमा पनि भएको छ। खासगरी नाडा अटो सोका बेलामा अलिक बढि नै भएको हो। त्यस बेला अरुतिर खासै अवसर पनि देखिएको थिएन। त्यही भएर लगानी गयो पनि गाडीमा। बचत पूँजीलाई त कतै न कतै उपयोग त गर्नु पर्यो नि।
 

राष्ट्र बैंकको हकप्रद सेयर वितरण नीति त होइन। पूँजी बृद्धि नै हो राष्ट्र बैंकको मूख्य नीति त। राष्ट्र बैंकको निर्देशन मानेरै बैंकहरुले पूँजी बढाएका हुन्। बैकको एग्रेसिभनेसमा  अलिकति कुसन राखेर काम गरिरहेका बैंकहरुले कुसन टाइट गर्ने रणनीति बनाए। तर नियामकले दिएको निर्देशन नाघेर लगानी गर्नु चै छुट्टै बिषय हो। 

इन्ड्रष्टिजका हिसाबले कान्छो सिइओ। स्थापित बैंक छ। यही बेला चुनौतीका चाङ लागे। के फरक पर्दो रहेछ नेतृत्वमा आउँदा?
अवसर नै अवसर देख्छु म त। चुनौतीका चाङ्मै मान्छेले निखारिने अवसर पाउने हो। संयमित भएर काम गर्नु पर्छ। आक्रामक मात्र भएर काम लाग्दैन यसमा। बैंक भनेको २/४ बर्ष ८/१० बर्ष चल्ने ब्यवसाय होइन। यो त सयौ बर्षसम्म रहन्छ। त्यसैले दीर्घकालिन सोच लिएरै काम गर्ने हो। छोटो अवधिको उद्देश्य लिएर काम गर्ने होइन हामीले।
 
राजनीतिक रुपमा त हामी त्यति धेरै टचमा हुँदैनौं। तर राजनीतिक स्थिरता हुने हो भने लगानी विस्तार अझै हुन्थ्यो र अवशरहरु बढेर जान्थे। अर्को चुनौती भनेको अहिले कर्मचारी अभाव हो। नयाँ शाखा खोल्नु पर्ने वाध्यात्मक अवस्था आएको छ। टेक्नोलोजी साइटमा पनि धेरै गर्नु पर्ने छ। पारदर्शीताको कुरा पनि प्रमुख भएको छ। बैंकिङ पक्षमा त पारदर्शी छ तर बैंकसँग जोडिने उद्योग ब्यापार क्षेत्र पारदर्शी भइसकेको छैन। काठमाडौं वाहिर अझ कम हुँदै गएर गएको छ।
 
कर फर्छ्यौट आयोगमा छुट मागेको हेर्दा त बैंकहरु पनि खासै पारदर्शी नभएको देखियो नी?
यसमा त मेरो कमेन्ट खास छैन। हामीले गर्ने भनेको अडिटेड वासलात दिने हो।
 
निक्षेप चै यति धेरै ब्याज बढाउँदा पनि आएन तर? बैकहरुले निक्षेप खोज्न जाँगर नचलाएका हुन् कि वा अब नेपालीसँग सिरानमा पैसा छैन, भएजति बैंकमै ल्याइसकेर यस्तो भएको हो?
औपचारिकभन्दा अनौपचारिक बजार ठूलो छ भन्ने आधार के हो मैले बुझ्न सकेको छैन। निक्षेपको ब्याज दर बढ्दा पनि पैसा नआएको त पक्का हो। मान्छेले घरघरमा पैसा थुपारेर राख्दैनन्। मान्छेको घरमा पैसा भएको भए त आइहाल्थ्यो होला नि। नआउनुको मतलव नै घरमा पैसा छैन भन्ने हो।
 
सानोतिनो निक्षेप परिचालन त भइनै रहेको थियो। बैंकहरुले आआफ्नो क्षेत्रमा आआफ्नो हिसावले परिचालन गरिरहेका थिए। मूख्य रुपमा अहिले ठूलो निक्षेप चाहिएको हो। त्यो भनेको सरकारी खर्चबाटै आउने हो। वैदेशिक सहायताको पनि प्रतिबद्धताहरु आएका थिए। सरकारले त्यही अनुसार खर्च गरिदिएको भए विदेशी सहायताहरु पनि परिचालन हुन्थे। यसको प्रभाव त निक्षेपमा परिहाल्थ्यो नि।
 
भनेपछि जनतासँग पैसा रहेनछ अब?
त्यो त त्यस्तै देखियो नि। ब्याज दर बढाउँदैमा त पैसा आउने रहेनछ। ब्याज दरबाट नयाँ निक्षेप ल्याउन खोजिएको पनि हो। अर्कोतर्फ बैकबैकबीच नै निक्षेप खोसाखोस भयो। त्यसो हुँदा आफ्नो पैसा जोगाउन पनि ब्याज बढाउनु पर्ने अवस्था आयो।
 

हामीले सिसिडी रेसियो निरन्तर रुपमा कायम गरेर बसेका हौं। कहिले पनि नाघेर लगानी गरेनौं। तर एउटा बेला यस्तो आयो कि हामीसँग भएको डिपोजिट बाहिरिन थाल्यो। यसरी वाहिरियो कि सिसिडी रेसियो ८० प्रतिशत केही दिन नाघ्यो । आफू प्रुडेन्ट हिसाबले चल्दा पनि यस्तो अवस्था आयो। अनि हामीले पनि महँगो निक्षेप लिएर सिसिडी कायम गर्नु पर्ने भयो।

माछापुच्छ्रेको कुरा गर्दा पुराना डुबेका ऋणहरु पनि एउटा लेभलमा पुगेका छन्। त्यहाँबाट निकास पाउँदैछ बैंकले। अब त बैंक एउटा स्तरमा आइसक्यो। अब बैंक कतातिर ढल्किन्छ?
म आएको ८ महिना भयो। बैंक आफ्नो गतिमा हिँडिरहेको छ। पुरानो कुरा फर्किएर हेर्नुको अर्थ पनि छैन। अतितले सबैका लागि सिक्ने अवसर पनि दियो। आजको दिनमा बैंक निक्कै प्रोफेसनल ग्राउण्डमा आएर अगाडि बढिरहेको छ। यही टाइममा मार्केट डाइनामिक्स परिवर्तन भएर अफ्ठेरो अवस्था चै पक्का आएको हो। तर परफरमेन्सवाइज हामी सन्तुष्ट नै छौं। अप्ठेरो अवस्थामा पनि हामीले सहज रुपमा बैंकलाई अगाडि बढाउन सक्षम भयौं।
 
बैंकलाई अब देशब्यापी नेटवर्कमा लैजाने हाम्रो सोच छ। म अरुजस्तो बैंकलाई एक  नम्बर बनाउँछु, दुई नम्बर बनाउँछु भनेर गफ लगाउने पक्षमा छैन। भिजिबल्ली बैंक टप र्याङ्कको राम्रो बैक रहेछ भन्ने स्तरमा पुर्याउने योजना हो। यसका लागि शाखा विस्तार त हुनै नै भयो साथै इमेज विल्डिङको कुरा पनि आउँछ। ब्रान्डिङ र सेवाको रोल अझ ठूलो हुन्छ। ऋण दिने र निक्षेप लिने मात्र नगरेर अरु कामहरु पनि गर्ने योजना छ।
 
यो भनेको कस्तो?
खासगरी ट्रान्जेसनल बैकिङ सेवामा जानु पर्छ। अहिले पनि कार्ड, अनलाइन, बैंकास्योरेन्स सेवाहरु छन्। अब ट्रेड फाइनान्सिङ र ट्रेजरी म्यानेजमेन्टमा बढि जोड दिन्छौं होला अब। हामी मात्र होइन अरु बैंकले पनि निक्षेपमा लक्षित हुन कति जरुरी छ भन्ने बुझेका होलान्। उनीहरु पनि पक्कै अगाडि बढ्ने नयाँ योजनाहरु बनाइरहेका होलान्। हामी मात्र नयाँ र एक्लो हुँदैनौं होला।
 

एउटा पाटोलाई मात्र हेरेर हुँदैन। समग्रमा ब्याज दर हेर्नुपर्छ । हाम्रै बैकको उदाहरण दिन्छु, जुन अरु बैंकको पनि होला। जहाँ निक्षेपको लागत दोब्बरभन्दा बढि बढेको छ। तर ऋणको ब्याज दर दोब्बर भएको छैन नि। यसको असर स्प्रेडमा देखिहाल्छ नि।

माछापुच्छ्रेसँग स्टेन्डर्ड फाइनान्स मिसियो। भर्खरै पनि एउटा बैक मिसिने कुरा आएर सेलायो। संस्थालाई ठूलो बनाएर लैजानका लागि अर्को मर्जरको आवश्यकता कतिको देख्नु हुन्छ?
हामी पूँजी बृद्धि योजना अनुसार नै अहिले अगाडि बढिरहेका छौं। ८ अर्ब रुपैयाँ पूँजी पुर्याउनका लागि हामीलाई मर्जरको आवश्यकता पर्दैन। म आएदेखि नै मर्जरको संभाव्यता के छ भनेर खोजी गर्न भने छाडेको छैन। ठूलो बैंकसँग मर्ज गर्ने भन्ने योजना छैन। तर क्षेत्रीय स्तरका संस्थाहरुलाई गाभ्ने विकल्प भने खुला राखेका छौं। शाखा सञ्चालका लागि हो यो। पश्चिमतिरका संस्थाहरु लिने योजना छ।
 
ब्यक्तिगत रुपमा खासगरी अरुको हेरेर र अनुभव सुनेर भन्दा मर्जरले नै सबै कुरा राम्रो हुन्छ भन्ने स्पष्ट आधार भने छैन। मर्जरका आफ्नै समस्याहरु छन्। मर्ज हुँदा राम्रा कुरा पनि आउँछन् नराम्रा कुरा पनि आउँछन्।