
काठमाडौं । युवा उद्योगी अनुपम राठीका अध्यक्षतामा मोरङ उद्योग व्यापार संघको ३४औँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएको छ। सोमबार भएको निर्वाचनमा राठी अध्यक्षमा चुनिएका हुन्। उनले सोमबार नै पदभार ग्रहण गरेका छन्।
राठीले संघमा पदभार ग्रहण गरेसँगै एउटै घरका ३ पुस्ता अध्यक्ष भएको इतिहास बनेको छ। उनका हजुरबा आशकरण २०३८ देखि २०४० सालसम्म र बुबा नन्दकिशोर २०४९ देखि २०५१ सालसम्म संघको अध्यक्ष थिए। अनुपम दुई वर्षको कार्यकालका लागि चुनिएका हुन्।
निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा अनिलकुमार साह, वाणिज्यतर्फको उपाध्यक्षमा अनिल सारडा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी, महासचिवमा सञ्जयकुमार श्रेष्ठ, सचिवमा अमितकुमार शारडा, कोषाध्यक्षमा राजेशकुमार अग्रवाल र प्रवक्तामा दीपेश सुवेदी चयन भएका छन्।
सदस्यमा गोपाल अग्रवाल, ओमप्रकाश शर्मा, कृष्णप्रसाद रिजाल, श्रीमती वन्दना जैन र धीरज मोहता चयन भएका छन्। संघको नियमबमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल समितिको पदेन सल्लाहकार हुनेछन्।

नवनिर्वाचित कार्यसमितिले विनोद बोहरा, डा. दीपेन्द्र नौलखा, पंकज गोयल र सञ्जीव श्रेष्ठलाई आमन्त्रित सदस्यमा मनोनीत गरेको छ।
त्यस्तै, युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रीमती श्रुति शर्मालाई मनोनीत भएका छन्।