गत चैत १ गते १३४७.०९ अंकमा रहेको बजार त्यसयता लगातर बढिरहेको छ । वृद्धि सुरुवात भएको सातौ विहिबारसम्ममा शेयर बजार १३८.९५ अंकले बढयो। यो वृद्धिपछि नेप्से तीन महिना अघिकै १ हजार ४ सय ८२ दशमलब ८५ विन्दुमा पुग्यो।
क्रेडिट क्रन्च,राजनीतिक अस्थिरता लगायतका कारणले तीन महिनाको अवधिमा शेयर बजार १ हजार २ सय ५२ अंकमा झरेको थियो।पछिल्लो समयमा किन लगातार शेयर बढिरहेको छ?पूर्व बैंकर अनलराज भट्टरार्इ बजारले 'ओभर रियाक्ट' गर्नुपर्ने कुनै कारण नभएको बताए।
'बजार बढेर १८ सय विन्दुमा पुग्नुपर्ने र १२ सय अंकमा झर्नुपर्ने कुनै कारण थिएन'उनले बिजमाण्डूसँग भने,'बजार धेरै तल गएपछि स्वभाविक गतिमा माथि उक्लिएको हो।' उनले निर्वाचन हुने वातावरण बन्दै गएपछि शेयर बजार बढ्न थालेको बताए।
'बजारमा प्रर्याप्त तरलता रहेको जानकारी आइसकेको छ। ७८ अर्ब तरलता रहेको जानकारीले लगानीकर्तामा आशा पलाएको हो' उनले भने,ब्याज समेत घट्ने देखिएकोले लगानीकर्ता उत्साहित भएका हुन्।' एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले मार्जिन लेन्डिङ खुकुलो बनाएकोले बजार उकालो लागेको बताए।










