सेयर बजार: चार दिनमा ५२ अंकले पछारियो सुचक, तीन अर्बको पनि कारोबार भएन, भोलीदेखि वढ्ला?



रासस
२०७३ कात्तिक २७ गते १४:४६ | Nov 12, 2016
सेयर बजार: चार दिनमा ५२ अंकले पछारियो  सुचक, तीन अर्बको पनि कारोबार भएन, भोलीदेखि वढ्ला?

काठमाडौ। धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५  अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ ।

Tata
GBIME
Nepal Life

कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो । यो साताको बजार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अङ्कले ओर्लिएको थियो । सो दिन १३ दशमलव ०९ अङ्कले बजार घटेको थियो ।

यस्तै, मङ्गलबार पनि बजार २४ दशमलव ६३ अङ्कले घटेर एक हजार ७२४ दशमलव ४९ अङ्कमा ओर्लिएको थियो । बुधबार पनि बजार ओर्लिनेक्रमले निरन्तरता लिदै नेप्से परिसूचक एक हजार ७०० अङ्क भन्दा मुनि अर्थात् एक हजार ६९६ बिन्दुमा ओरालो लाग्यो ।

बजारमा कारोवारका हिसाबले अन्तिम दिन बिहीबार भने शुन्य दशमलव ३१ अङ्कको झिनो सुधार देखिएको थियो । १२९ कम्पनीको १० लाख ६५ हजार ३५१ कित्ता सेयर खरिदबिक्री भएको बिहीबार रु ७० करोड ८० लाख ४२ हजार २९८ को कारोवार भएको थियो ।

साताभर कुल दुई अर्ब ८४ करोड ५३ लाख ५९ हजार बराबरको ४० लाख छ हजार ८९० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

बिजमाण्डूसँग कुराकानी गर्दै ब्रोकर तथा लगानीकर्ताहरुले बजार अझै केही दिन घट्ने बताएका छन्। उनीहरुले अहिले करेक्सनको समय रहेको बताए।