शुक्रवार सूचना तथा सञ्चार मन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सम्बन्धमा मन्त्रालयका सचिव, दुरसञ्चार प्राधिकरणका अध्यक्ष लगायत सम्बद्ध पदाधिकारीहरुसंगको छलफलमा विकास समितिले सो निर्णय गरेको हो।
त्यस्तै समितिले हुलाकी राजमार्ग तथा उत्तर–दक्षिण राजमार्गहरुमा अप्टिकल फाइबर तार विस्तारको कार्य तत्काल प्रारमभ गर्न निर्देशन दिएको छ।
विकास समितिले माइक्रो वेभ र वायरलेस टेक्नोलोजि मार्फत ब्रोडव्याण्ड इन्टरनेट सेवा पुर्याउन ७ वटै संघीय प्रदेशकालागि सेवाप्रदायक छनौट गरी तत्काल काम अगाडि बढाउन र भूकम्पले अत्याधिक क्षति पुर्याएका क्षेत्रमा छिटा इन्टरनेट सेवा पुर्याउन नेपाल सरकार एवं सूचनातथा सञ्चार मन्त्रालय तथा नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
समितिले अतिदुर्गम हिमाली क्षेत्रका जिल्लाहरुमा सेटेलाइटको माध्यमबाट सरल र सुलभ दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदानगर्न र सुरक्षा छापाखानाको प्रभावकारी व्यवस्थापन, सूचना सम्बन्धी सङ्ग्रह्रालयको स्थापना, ग्रामीण दूर सञ्चार सेवाविस्तारका लागि पूर्वाधारको विकास, गुणस्तरीय सेवाको सर्वसुलभ रुपमा उपलब्ध हुने व्यवस्था समेत मिलाउन आग्रह गरेको हो।
देशको नीतिनिर्माण तथा योजनातर्जुमाको लागिआवश्यक पर्ने सबै सूचनातथातथ्यांङ्कहरु एकै स्थानबाट प्राप्तगर्न सकिने गरी डेटा सेन्टरको स्थापना गर्ने र यसको प्रभावकारी व्यवस्थापन गर्न समिति नेपाल सरकार, सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ।