गोलकिप्पर एन्जिलाको कथा अब फिल्ममा, इलाममा भइरहेको छ ‘अञ्जिला’ को छायांकन

बिजमाण्डू
२०८० कात्तिक १९ गते ११:५९ | Nov 5, 2023
गोलकिप्पर एन्जिलाको कथा अब फिल्ममा, इलाममा भइरहेको छ ‘अञ्जिला’ को छायांकन

काठमाडौं । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अञ्जिला’को निर्माण गरिएको छ।

Tata
GBIME

गत सातादेखि खेलाडी सुब्बाकै जन्मथलो इलामको आइतबारे आसपासमा यसको छायांकन भइरहेको निर्देशक मिलन चाम्सले जानकारी दिए।

‘प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ। मैले दोस्रो बायोपिक निर्देशन गरेको हुँ’, चाम्सले भने, ‘अञ्जिलाले गरेको संघर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु। यो उनको जीवनीमा आधारित रहेता पनि प्रस्तुतीकरण फिल्मी शैलीमै छ।’

उनले यसअगाडि गोर्खालीको वीरताको कथामा ‘गोर्खा वारियर’ निर्देशन गरेका थिए।

इलाम, झापा र काठमाडौंमा छायाङ्कन हुने चलचित्रमा खेलाडी सुब्बा स्वयंले आफ्नो भूमिका निर्वाह गरिरहेकी छिन्। यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतको पनि अभिनय रहनेछ।

चलचित्रमा यम थापाको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको छायांकन निर्देशन रहेको छ ।

गोलकिप्पर एन्जिलाको कथा अब सिनेमामा, इलाममा भइरहेको छ  ‘अञ्जिला’ को छायांकन

काठमाडौं। नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अञ्जिला’को निर्माण गरिएको छ।