
काठमाडौं । नेपालमा दसैं मनाइरहँदा भारतमा दशहरा पर्व चलिरहेको छ। दशहराकै अवसर पारेर दुई अभिनेत्रीले किनेको कारको चर्चा अहिले बलिउडमा चलिरहेको छ।
श्रद्धाले चर्चित र महँगोको कार लेम्बोर्गिनी ह्युरकन टेक्निका किनेकी छिन् दशहरका अवसर पारेर। उनले किनेको उक्त कारको मूल्य भारतीय बजारमा ४ करोडभन्दा माथि रहेको छ।
‘हाफ गर्लफ्रेन्ड’ अभिनेत्री श्रद्धाको सुपरकार बलिउडमा गसिप बनिरहँदा पूजा हेगडेले पनि नयाँ कार किनेकी छिन्। करिब ४ करोड भारु नै पर्ने रेन्ज रोभर किनेकी हुन् उनले।
पूजा पछिल्लो पटक सलमान खानको फिल्म किसी का भाइ किसी का जान मा लिड रोलमा थिइन्। बलिउडका यी दुवै अभिनेत्रीले दशमीको दिन पारेर नयाँ कार भित्र्याएका हुन्।
लेम्बोर्गिनी मुम्बईकी पूजा चौधरीले श्रद्धालाई कार बिक्री गरेपछि भावुक भएर सोसल मिडियामा पोस्ट गरेकी थिइन्। त्यसले उनको सुपरकारको चर्चा बलिउडमा ह्वात्तै गरायो।
‘सुपरकार सामान्य कारजस्तो होइन – यो त सबै अवरोध पार गरेर आफ्नो सपनाको गन्तव्यमा निर्वाध पुर्याउने साधन हो,’ चौधरीले लेखेकी छिन्।
उनका अनुसार यो कारको मुम्बईमा पहिलो महिला ग्राहक श्रद्धा बनेकी छिन्।