दसैंको अवसरमा नृत्य शृंखला, मञ्चन भयो दुर्गा भवानीको कथा

प्रवीण रानाभाट
२०८० असोज २९ गते ०९:१० | Oct 16, 2023
दसैंको अवसरमा नृत्य शृंखला, मञ्चन भयो दुर्गा भवानीको कथा

काठमाडौं। एस्थेटिक डान्स स्टुडियोले दसैंको अवसरमा आइतबार नृत्य शृंखला आयोजना गर्‍यो। राष्ट्रिय नाचघरमा आइतबार साँझ कायाकल्प (बिकमिङ हर) नृत्य शृंखला-७ आयोजना गरिएको हो।

Tata
GBIME

दुर्गा भवानीको ‘थिम’मा आयोजना गरिएको कार्यक्रममा देवी दुर्गाको संघर्ष र शक्तिलाई नृत्यको माध्यमबाट प्रस्तुत गरिएको थियो। करिब डेढ घण्टाको कार्यक्रममा ३० भन्दा बढी कलाकारले नृत्यबाट कथालाई वर्णन गरेका थिए।

नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले केहीसमय यता ‘नृत्य शृंखला’ सञ्चालन गरिरहेको छ।