पाटा ट्राभल मार्टमा ७ संस्थाले गरे नेपालको प्रचार, बजार प्रवर्धनले बढ्लान त पर्यटक?

बिजमाण्डू
२०८० असोज २१ गते १४:४३ | Oct 8, 2023
पाटा ट्राभल मार्टमा ७ संस्थाले गरे नेपालको प्रचार, बजार प्रवर्धनले बढ्लान त पर्यटक?


काठमाडौं। दिल्लीमा भएको प्यासिफिक एसिया ट्राभल मार्टलाई पर्यटनसँग सम्वद्ध नेपालका सात संस्थाले बजार प्रवर्धनको अवसरका रुपमा प्रयोग गरेका छन्। ती संस्थाले मार्टमा विभिन्न प्याकेजसहित बजार प्रवर्धन गरेका हुन्।   

GBIME
Tata

मार्टमा नेपालका हिमालयन होलिडेज ट्रेकिङ, डेस्टिनागो टुर्स एण्ड ट्राभल्स, फिस्टेल टुर्स एण्ड ट्राभल्स, केजीएच ग्रुप अफ होटल्स एण्ड रिसोर्टस, मिस्टिक भोयाज, भिजिट हिमालय ट्रेक्स र म्याजेस्टिक ग्रुपले भाग लिएका थिए।

ती कम्पनीले अन्तर्राष्ट्रिय प्रतिनिधिसामु नेपालका पर्यटकीय गन्तव्यको प्रचारका साथै होलिडे, वेलनेस लगायत साहसिक प्याकेज, नयाँ उत्पादन तथा सेवाको बारे जानकारी गराएको पाटा नेपालले जनाएको छ। पाटा नेपालका अध्यक्ष विभूति चन्द ठाकुरले मार्टमा सहभागिताले देशमा पर्यटकको आगमन बढ्ने विश्‍वास व्यक्त गरे। अहिले पर्यटक आउने मुख्य सिजन हो।

दुई दिने मेला अक्टोबर ५ र ६ मा भएको थियो जहाँ १ हजारभन्दा बढी सहभागी थिए।