‘गदर २’ शुक्रबारदेखि ओटीटी प्लेटफर्ममा पनि, कहाँ सकिन्छ हेर्न?

बिजमाण्डू
२०८० असोज १८ गते ०८:१९ | Oct 5, 2023
‘गदर २’ शुक्रबारदेखि ओटीटी प्लेटफर्ममा पनि, कहाँ सकिन्छ हेर्न?

सनी देओल अभिनित ‘गदर २’ शुक्रबारदेखि ओटीटी प्लेटफर्ममा आउने भएको छ। जी५ मा शुक्रबारदेखि फिल्मको स्ट्रिमिङ सुरु हुने प्लेटफर्मले बुधबार घोषणा गरेको छ।

Tata
GBIME

अनिल शर्मा निर्देशक रहेको यो फिल्ममा देवलले सन् २००१ को ‘गदर : एक प्रेम कथा’का तारा सिंहको आफ्नो प्रतिष्ठित भूमिकालाई पुन: प्रस्तुत गरेका छन्। जी स्टुडियोले निर्माण गरेको यस चलचित्रमा अमिषा पटेललाई सकिना र उत्कर्ष शर्मालाई चरणजीतको भूमिकामा देखाइएको छ।

जी इन्टरटेनमेन्ट इन्टरप्राइजेजद्वारा सञ्‍जालित स्ट्रिमर जी५ले आफ्नो आधिकारिक एक्स पेजमा डिजिटल प्रिमियरको घोषणा गरेको हो।

‘काउन्टडाउन सुरु भयो! तारा सिंह तपाईँको मन जित्‍न तयार छन्! भारतको ब्लकबस्टर जीफाइभमा आउँदैछ!’ जीफाइभले भनेको छ।

‘गदर २’ अगस्ट ११ मा रिलिज भएको हो। फिल्मले हालसम्म करिब ५०० करोड भारु कमाएको छ। फिल्ममा मनिष वाधवा, गौरव चोपडा र सिमरत कौरको पनि अभिनय छ।