यी चार कारण जसले अनमोल केसी भए रिहा, अदालतले दिएको थियो तीन दिनको समय

बिजमाण्डू
२०८० असोज १४ गते २१:४४ | Oct 1, 2023
यी चार कारण जसले अनमोल केसी भए रिहा, अदालतले दिएको थियो तीन दिनको समय

काठमाडौं। अभिनेता अनमोल केसी रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले केसीलाई आफन्तको जिम्मामा रिहा गरेको हो।

Tata
GBIME

केसीलाई शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले बनेपाबाट पक्राउ गरेको थियो।

विभिन्न चार कारण देखाएर केसीलाई रिहा गरिएको हो। प्रमाण लोप गर्ने सम्भावना नदेखिएको, स्वास्थ्यमा समस्या, अरु अपराध गर्न नसक्ने र हिरासतबाहिर नै बसेर अनुसन्धान हुनसक्न आधारमा प्रहरीले केसीलाई रिहा गरेको हो।

‘यो लेनदेनको विषय पनि हो। जसमा हिरासतमा राख्नुपर्ने नै देखिएन,’ एक प्रहरी अधिकृत भने।

जिल्ला अदालत काठमाडौंले केसीलाई तीन दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो। प्रहरीले ८ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति मागेको थियो। आइतबार नै प्रहरीले म्याद थप गरेको थियो।

रामायण चलचित्रमा खेल्नका लागि १० लाख रुपैयाँ लिएर फिल्म नखेलेको भन्दै निर्माताले उजुरी दिएका थिए। तर केसीले फिल्मको स्क्रिप्ट मन नपरेको र निर्माण पक्षले रकम फिर्ता समेत नलिएको बताएका छन्।