
शाहरुख खान अभिनित ‘जवान’ले केही दिनअघि नै १ हजार करोडभन्दा बढी कमाइ गरेको छ। ‘जवान’ विश्वव्यापी रुपमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको सूचीमा तेस्रो स्थानमा छ।
फिल्मले १ हजार करोडको आँकडा पार गरेपछि बुधवार शाहरुखले फिल्मको टिकट अब ‘१ किन्दा १ फ्री’ योजनाअन्तर्गत उपलब्ध हुने बताएका छन्। एक्स (ट्वीटर) मा उनको उक्त अफरबारे जानकारी दिएका हुन्।
Bhai ko, behen ko…
— Shah Rukh Khan (@iamsrk) September 27, 2023
Dushman ko, Yaar ko…
And of course, apne Pyaar ko…
Kal Jawan dikhaaiyega!
Chacha-Chachi, Phoopha-Phoophi, Maama-Maami…
Yaani Poore Parivaar ko.
Sab ke liye ek ke saath ek free ticket!!!
Toh kal se… Parivaar, yaar aur pyaar… Just Buy 1 ticket and get the… pic.twitter.com/Qr9gI4ihcO
एटली कुमार निर्देशित फिल्ममा शाहरुखका अलावा विजय सेतुपति र नयनताराको समेत अभिनय रहेको छ। रिलिज भएको पहिलो दिन ‘जवान’ले ७५ करोड भारु कमाइ गरेको थियो। जुन हिन्दी भाषाको फिल्मले पहिलो दिनमा कमाएको हालसम्मकै सबैभन्दा धेरै हो।