पुँजी बजारका लगानीकर्ता वाणिज्य बैंकतिर लागे, नेप्सेले फेरि बनायो नयाँ रेकर्ड, सूचक १२७३ अंकमा



बिजमाण्डू
२०७२ फागुन ६ गते ००:०० | Feb 18, 2016
पुँजी बजारका लगानीकर्ता वाणिज्य बैंकतिर लागे, नेप्सेले फेरि बनायो नयाँ रेकर्ड, सूचक १२७३ अंकमा


काठमाडौं । पुँजी बजारका लगानीकर्ता बैंकिङ क्षेत्रको सेयरमा आकर्षित भएका छन् । बजारले पछिल्ला दिनमा रेकर्ड बनाइरहँदा बाणिज्य बैंक समूह पनि त्यसैगरी उकालो लागिरहेको छ । 
 
नियमित कारोबार हुने साताको अन्तिम विहीबार पनि नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गर्‍यो । विहीबार नेप्से ७.२ अंकले बढेर १२७३.२८ अंकमा पुग्यो । बुधबार पनि बजार बढेको थियो । यो नयाँ रेकर्डका लागि बाणिज्य बैंक समूहको प्रमुख भूमिका रह्यो । यो समूह विहीबार १२.५२ अंकले उक्लियो । त्यसैगरी फाइनान्स र विकास बैंक समूह पनि सामान्य दरमा बढे । 
एक तिहाई वाणिज्य बैंकको सेयर मर्जरका कारण कारोबार बन्द छ । यही कारण पनि बाँकी वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । कारोबार रकम पनि ६५ करोड रुपैयाँ नाघेको छ ।
 
धेरै कारोबार हुने दस कम्पनी मध्ये आठ वटा बाणिज्य बैंक छन् । यसले पनि लगानीकर्ता बाणिज्य बैंकतिर आकर्षित भएको पुष्टि हुन्छ । यो समूहको मात्रै २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । फाइनान्स र विकास बैंक समूहको पनि पाँच करोडको दरले कारोबार भयो । इन्स्योरेन्सको १२ करोड रुपैयाँको सेयर किनबेच भयो । 
 
सनराइज बैंक, एनबी बैंक, हिमालयन बैंकका लगानीकर्ता बढी कमाउनेमा परेका छन् । त्यस्तै भक्तपुर फाइनान्स, सगरमाथा इन्स्योरेन्र, कालिञ्चोक विकास बैैंक लगायतका सस्थाका लगानीकर्ताले पनि कमाएका छन् ।

Tata
GBIME
Nepal Life