झ्यालबाट अङ्कुसे लगाएर न्यायाधीशका पीएसओको पेस्तोल चोरी, आरोपित दुई पक्राउ

बिजमाण्डू
२०८० साउन २१ गते १५:१४ | Aug 6, 2023
झ्यालबाट अङ्कुसे लगाएर न्यायाधीशका पीएसओको पेस्तोल चोरी, आरोपित दुई पक्राउ


काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश  नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी भएको खुलेको छ।

Tata
GBIME
NLIC

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत असार ३० गते चोरी भएको पेस्तोलसहित बौद्धबाट सिन्धुपाल्चोकका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङलाई पक्राउ गरिएको परिसरका एसपी कुमुद ढुंगेलले बताए। सुरुमा मेघबहादुरको कोठाबाटै पेस्तोल बरामद गरी उनलाई पक्राउ गरिएको र उनको बयानका आधारमा चोरीमा संलग्न देखिएपछि थामी पक्राउ परेका हुन्।

घरको कोठामा पेस्तोल राखिएको झोलासहित झ्यालबाट अङ्कुसे लगाएर चोरी भएको थियो। त्यसलगत्तै खड्काले पेस्तोल चोरी भएको भनी प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए।

सोही आधारमा खोजतलासका क्रममा पेस्तोल बरामद गरी उनीहरुलाई पक्राउ गरिएको एसपी ढुंगेलले बताए।