वैशाखसम्म बैंकको नाफा ५७ अर्ब, महिनामै साढे ८ अर्ब बढ्यो, कृषि पछाडि, नबिल अगाडि

बिजमाण्डू
२०८० असार ४ गते १२:२० | Jun 19, 2023
वैशाखसम्म बैंकको नाफा ५७ अर्ब, महिनामै साढे ८ अर्ब बढ्यो, कृषि पछाडि, नबिल अगाडि


काठमाडौं। वैशाखसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुले कमाएको नाफा हो।

Tata
GBIME
NLIC

पछिल्लो एक महिनाको अन्तरालमा नाफा ८ अर्ब ४५ करोड रुपैयाँ बढेको हो। राष्ट्र बैंकका अनुसार, चैतसम्म यस्तो नाफा ४८ अर्ब ७० करोड थियो।

पोहोर वैशाखभन्दा यसपाली कम नाफा कमाएका हुन्। २ प्रतिशत नाफा कम छ। पोहोर वैशाखमा ५८ अर्ब ३३ करोड रुपैयाँ कमाएका थिए। 

वैशाखमा पनि वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा नबिलले कमाएको छ। बैंकले एक्लै ६ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ।

दोस्रोमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ३४ करोड रुपैयाँ कमाएको छ। एनआइसी एसिया र राष्ट्र वाणिज्य बैंकको नाफा ४ अर्ब नाघेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३ अर्ब ८९ करोड रुपैयाँ छ।

सबैभन्दा कम नाफा कृषि विकास बैंकको छ। बैंकले वैशाखसम्म एक अर्ब २२ करोड रुपैयाँ मात्रै कमाएको छ।