काठमाडौं । भुकम्पले घर ध्वस्त भएको वा आंशिक क्षति भएकाहरुलाई नेपाल राष्ट्र बैंकले दुई प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ ।
| बैंक | ब्याज दर | बैंक | ब्याज दर |
| नेपाल बैंक | 7.9-10.5% | कुमारी | 10-16% |
| राष्ट्रिय बाणिज्य | 8-11% | लक्ष्मी | 9-15% |
| नबिल | 9-12% | सिद्धार्थ | 12-13% |
| नेपाल इन्भेष्टमेन्ट | 9.5-13.5% | कृषि विकास | 10-12% |
| स्ट्यान्डर्ड चार्टर्ड | 7.75-10% | ग्लोबल आइएमइ | 9-12% |
| हिमालयन | 8.5-11% | सिटिजन्स | 9-14% |
| एसबिआइ | 13-14% | प्राइम | 10-12% |
| एनबी | 10-12% | सनराइज | 9-14% |
| एभरेष्ट | 10-14% | एनएमबी | 11-14.5% |
| बिओके | 13-14 | प्रभू | 7.49-14% |
| एनसिसी | 11-14% | जनता | 10-14% |
| एनआइसी एसिया | 7.99-13.49% | मेगा | 9.5-15% |
| लुम्बिनी | 9.5-12% | सिभिल | 8.99-13.99% |
| माछापुच्छ्रे | 9.5-14% | सेञ्चुरी | 9-13% |
| सानिमा | 10-14% | स्रोत: सम्बन्धित बैंकका वेवसाइट | |
राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्रका लाई २५ लाख र वाहिरका लाई १५ लाख रुपैयाँसम्म ऋणको व्यवस्था गर्ने भएको छ ।
तर एकभन्दा वढी घर भएका र यो रकमभन्दा वढी ऋण चाहिनेले बैंकसँग प्रचलित दरमा ऋण लिनु पर्ने हुन्छ, जुन राष्ट्र बैंकले पुनर्कर्जाको रुपमा उपलब्ध गराउनेभन्दा महँगो पर्छ ।
सञ्चालनमा रहेका बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा पाँच बर्ष र बढीमा २५ बर्षसम्मका लागि घर बनाउने, मेन्टेनेन्स गर्ने शिर्षकमा ऋण उपलब्ध गराउँछन् ।
बैंकहरुको आफ्नो वेवसाइटमा २०७२ बैशाख २७ गतेसम्म प्रकाशित गरेको ब्याज दर अनुसार, सबैभन्दा सस्तो दरमा प्रभु बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंकलगायतले घर कर्जा उपलब्ध गराउने छन् ।
प्रभुले घर कर्जाको न्युनतम दर ७.४९ प्रतिशत तोकेको छ । नेपाल बैंकले ७.९ प्रतिशत तोकेको छ । एनआइसी एसियाले ७.९९ प्रतिशत न्युनतम ब्याज दर कायम गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले आठ, हिमालयनले ८.५, सिभिल बैंक ८.९९ प्रतिशत ब्याज दर तोकेको छ ।
नबिल, लक्ष्मी, ग्लोबल आइएमइ, सिटिजन्स्, सनराइज र सेन्चुरी बैंकले घर कर्जाको न्युनतम ब्याज दर ९ प्रतिशत तोकेका छन् । कतिपय बैंकले यस्तो कर्जाको ब्याज दर एकदेखि दुई बर्षसम्म बृद्धि नगर्ने पनि जनाएका छन् । महिलाको नाममा घर निर्माण गर्नेलाई पनि सहुलियत ब्याज दर तोकिएको छ ।











