काठमाडौं । भुकम्पले घर ध्वस्त भएको वा आंशिक क्षति भएकाहरुलाई नेपाल राष्ट्र बैंकले दुई प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ ।
बैंक |
ब्याज दर |
बैंक |
ब्याज दर |
नेपाल बैंक |
7.9-10.5% |
कुमारी |
10-16% |
राष्ट्रिय बाणिज्य |
8-11% |
लक्ष्मी |
9-15% |
नबिल |
9-12% |
सिद्धार्थ |
12-13% |
नेपाल इन्भेष्टमेन्ट |
9.5-13.5% |
कृषि विकास |
10-12% |
स्ट्यान्डर्ड चार्टर्ड |
7.75-10% |
ग्लोबल आइएमइ |
9-12% |
हिमालयन |
8.5-11% |
सिटिजन्स |
9-14% |
एसबिआइ |
13-14% |
प्राइम |
10-12% |
एनबी |
10-12% |
सनराइज |
9-14% |
एभरेष्ट |
10-14% |
एनएमबी |
11-14.5% |
बिओके |
13-14 |
प्रभू |
7.49-14% |
एनसिसी |
11-14% |
जनता |
10-14% |
एनआइसी एसिया |
7.99-13.49% |
मेगा |
9.5-15% |
लुम्बिनी |
9.5-12% |
सिभिल |
8.99-13.99% |
माछापुच्छ्रे |
9.5-14% |
सेञ्चुरी |
9-13% |
सानिमा |
10-14% |
स्रोत: सम्बन्धित बैंकका वेवसाइट |
राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्रका लाई २५ लाख र वाहिरका लाई १५ लाख रुपैयाँसम्म ऋणको व्यवस्था गर्ने भएको छ ।
तर एकभन्दा वढी घर भएका र यो रकमभन्दा वढी ऋण चाहिनेले बैंकसँग प्रचलित दरमा ऋण लिनु पर्ने हुन्छ, जुन राष्ट्र बैंकले पुनर्कर्जाको रुपमा उपलब्ध गराउनेभन्दा महँगो पर्छ ।
सञ्चालनमा रहेका बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा पाँच बर्ष र बढीमा २५ बर्षसम्मका लागि घर बनाउने, मेन्टेनेन्स गर्ने शिर्षकमा ऋण उपलब्ध गराउँछन् ।
बैंकहरुको आफ्नो वेवसाइटमा २०७२ बैशाख २७ गतेसम्म प्रकाशित गरेको ब्याज दर अनुसार, सबैभन्दा सस्तो दरमा प्रभु बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंकलगायतले घर कर्जा उपलब्ध गराउने छन् ।
प्रभुले घर कर्जाको न्युनतम दर ७.४९ प्रतिशत तोकेको छ । नेपाल बैंकले ७.९ प्रतिशत तोकेको छ । एनआइसी एसियाले ७.९९ प्रतिशत न्युनतम ब्याज दर कायम गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले आठ, हिमालयनले ८.५, सिभिल बैंक ८.९९ प्रतिशत ब्याज दर तोकेको छ ।
नबिल, लक्ष्मी, ग्लोबल आइएमइ, सिटिजन्स्, सनराइज र सेन्चुरी बैंकले घर कर्जाको न्युनतम ब्याज दर ९ प्रतिशत तोकेका छन् । कतिपय बैंकले यस्तो कर्जाको ब्याज दर एकदेखि दुई बर्षसम्म बृद्धि नगर्ने पनि जनाएका छन् । महिलाको नाममा घर निर्माण गर्नेलाई पनि सहुलियत ब्याज दर तोकिएको छ ।