रिडि पावर कम्पनीको ५० प्रतिशत हकप्रद स्वीकृत, चुक्ता पुँजी २ अर्ब ३२ करोड पुग्ने

बिजमाण्डू
२०८० बैशाख ६ गते १७:४८ | Apr 19, 2023
रिडि पावर कम्पनीको ५० प्रतिशत हकप्रद स्वीकृत, चुक्ता पुँजी २ अर्ब ३२ करोड पुग्ने


काठमाडौं। रिडि पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ। विद्युत नियमन आयोगले आइतबार अनुमति दिएको हो।

Tata
GBIME
NLIC

आयोगले हकप्रद बारे प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति दिएको छ। 

अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। ७७ करोड ४४ लाख रुपैयाँ बराबर हकप्रद निष्कासन गर्ने कम्पनीले जनाएको छ। 

हकप्रद बिक्री पछि चुक्ता पुँजी बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ।

वार्षिक साधारण सभा र धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले हकप्रद बिक्री गर्नेछ।