सिद्धार्थ लगानी बृद्धि योजना १ को प्रति इकाइ खुद सम्पत्ती मूल्य घटेर १६.३१ रुपैयाँमा सिमित



बिजमाण्डू
२०७१ मंसिर १४ गते ००:०० | Nov 30, 2014
काठमाडौं। गत असोजमा प्रतिइकाइ खुद सम्पत्तीको मूल्य १७.३८ रहेको सिद्धार्थ लगानी बृद्धि योजनाको कात्तिकमा भने यो मूल्य घटेर १६.३१ रुपैयाँ भएको छ। बैंकको खुद सम्पत्ती ८६ करोड ९० लाखबाट घटेर ८१ करोड ५२ लाख रुपैयाँमा सिमित भएको छ।

योजनाको कागजी नोक्सान बढेर १५ करोड ६५ लाख रुपैयाँ पुगेको थियो। यसअघि यस्तो नोक्सान १० करोड ४५ लाख रुपैयाँ थियो। योजनाले यसपटक प्राप्त गरिसकेको आम्दानी दुई करोड २२ लाख २७ हजार रुपैयाँ रहेको छ। असोजमा यस्तो आम्दनी दुई करोड १३ लाख रहेको थियो। ५० करोड रुपैयाँ बराबरको इकाइ जारी गरेको योजनाले हाल सुचीकृत  ५६ कम्पनीको सेयर लगानी गरेको छ। लगानी भएका कम्पनीको कात्तिक अन्त्यको मूल्य अनुसार कुल रकम ७८ करोड १० लाख रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

सार्वजनिक निस्कासन, हकप्रद सेयरमा लगानी र बोनस वापत पाएका सेयरको मूल्यको आधारमा योजनले तीन करोड ४५ लाख रुपैयाँ लगानी छ। योजनाले ६८ लाख रुपैयाँ बैंकमा मौज्द्दातको रुपमा रहेको छ।
योजनाको खर्च ६० लाख रुपैयाँबाट बढेर ७७ लाख २५ हजार भएको छ। आम्दानी नकारात्मक रहेपछि र खर्च बढेपछि १६ करोड रुपैयाँ नोक्सान देखिएको छ।