
काठमाडौं। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश पारित भएको छ। कम्पनीको फागुन २९ गते सम्पन्न ११औं वार्षिक साधारण सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।
वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्ताहरुलाई ११ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
उक्त लाभांश नेप्सेमा सूचीकृत भइ लगानीकर्ताको खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्छ।
यसका साथै सभामा लघुवित्तले सिभिल लघुवित्तको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहने लगायतका सबै सामान्य र विशेष प्रस्ताव पारित गरेको हो।