
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सहरी ट्रान्समिसन तथा वितरण प्रणाली स्तरोन्नतिको परामर्शदाताका लागि निकालेको ठेक्कामा पाँच जापानी कम्पनी सर्टलिष्टेड भएका छन्।
प्राधिकरणले आयोजनाको विस्तृत अध्ययन, डिजाइन र निर्माणको सुपरिवेक्षणका लागि निकालेको ठेक्का आवेदन दिएकामध्ये पाँच जापानी कम्पनी सर्टलिष्टेड भएका हुन्।
सर्टलिष्टमा पर्ने कम्पनीहरुमा टोक्यो इलेक्ट्रिक पावर सर्भिसेज कम्पनी लिमिटेड, निप्पन कोर्ई कर्पोरेसन लिमिटेड, न्यु जेइसी आइएनइ, द चुगोकु इलेक्ट्रिक पावर कर्पोरेशन र याचिओ इन्जिनियरिङ कर्पोरेशन लिमिटेड छन्।
यो आयोजनाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आर्थिक सहयोग गरेको छ। प्राधिकरणले सहरी क्षेत्रसहित देशका विभिन्न स्थानको प्रसारणलाइन र वितरण प्रणाली स्तरोन्नति गर्न लागेको छ।
मुलुकको अधिकांश प्रसारण प्रणाली कमजोर खालको छ। सोही कारण प्रसारण र वितरणलाइनलाई प्राथमिकता दिएर निर्माण गर्न लागिएको छ।