डायनामिक हाइड्रोले दोलखामा ४० मेगावाटको आयोजना निर्माण गर्ने, इआइए हुँदै

बिजमाण्डू
२०७९ फागुन १ गते १२:२७ | Feb 13, 2023
डायनामिक हाइड्रोले दोलखामा ४० मेगावाटको आयोजना निर्माण गर्ने, इआइए हुँदै


काठमाडौं। डायनामिक हाइड्रो इनर्जी प्रालिले ४० मेगावाटको लाप्चे-तामाकोसी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।

Tata
GBIME
NLIC

आयोजना दोलखाको विगु गाउँपालिका-१ मा निर्माण प्रस्ताव गरिएको छ। यो पिकिङ रन अफ दि रिभर (पीआरओआर) प्रकृतिको आयोजना हो। १ घण्टा पिकिङ आवर हुनेछ।

यो आयोजनाको प्रस्तावित हेडरेस टनेल करिब १९९७ मिटर लम्बाइको हुनेछ। ७०० मिटर पेनस्टक पाइप रहने छ। विद्युत गृह भूमिगत हुनेछ। जसको लम्बाई ३० मिटर र चौडाइ १८.२ मिटर रहनेछ। प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज १७.७५ घनमिटर प्रतिसेकेण्ड छ।

प्रवर्द्धक कम्पनीले सूचना निकालेर वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पारिरहेकाले ७ दिनभित्र लिखित राय/सुझाव दिन सरोकारवाला निकायहरुलाई आग्रह गरेको छ।