माछापुच्छ्रे बैंकले उदयपुर र पर्साका विद्यार्थीहरुलाई जाडोको कपडा वितरण गर्‍यो

बिजमाण्डू
२०७९ माघ १५ गते १७:४९ | Jan 29, 2023
माछापुच्छ्रे बैंकले उदयपुर र पर्साका विद्यार्थीहरुलाई जाडोको कपडा वितरण गर्‍यो


काठमाडौं। माछापुच्छ्रे बैंकले उदयपुर र पर्सा जिल्लाका विद्यार्थीहरुलाई जाडोको कपडा वितरण गरेको छ।

Tata
GBIME
NLIC

बैंकले उदयपुर जिल्लास्थित सिद्धवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वेटर हस्तान्तरण गरेको हो। कुल २६५ थान स्वेटर वितरण गरेको छ। 

अध्ययनरत निम्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वेटर वितरण गरेको जनाएको छ। यस्तै, मुस्लिम समुदायका विद्यार्थीहरुलाई समेत ४० थान ब्ल्याङकेट हस्तान्तरण गरेको छ। 

बैंकका अनुसार पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका स्थित जामिया कुलफा मदरशामा अध्ययनरत विद्यार्थीहरुले ब्ल्याङकेट पाएका हुन्।