कृति भेन्चर फन्डले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने, माघ २२ मा विशेष साधारणसभा आह्‍वान

बिजमाण्डू
२०७९ माघ ८ गते १०:४२ | Jan 22, 2023
कृति भेन्चर फन्डले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने, माघ २२ मा विशेष साधारणसभा आह्‍वान


काठमाडौं। कृति भेन्चर फन्ड लिमिटेडले आइपीओ जारी गर्ने विषयलाई प्रमुख एजेण्डा बनाउँदै विशेष साधारणसभा आह्‍वान गरेको छ।

Tata
GBIME
NLIC

कम्पनी सञ्चालक समितिको गत बुधबार भएको बैठकले सभा माघ २२ गते गर्ने निर्णय गरेको हो। साधारणसभा माछापुच्छ्रे क्यापिटलको कार्यालय बागदरबारमा दिउँसो १ बजेदेखि हुने तोकिएको छ।

सभामा प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रमुख एजेण्डा पारित गरिने छ। विशेष साधारणसभाबाट सो प्रस्ताव अनुमोदन भएपछि कम्पनीले आइपीओको बाँकी प्रक्रिया अघि बढाउने छ।

कृति भेन्चर फन्डअन्तर्गत अपर सांगे हाइड्रोपावर, हिडीखोला हाइड्रोपावर, धोवनखोला हाइड्रोपावर, क्लिन सिटी भेहिकल सर्भिस सेन्टर प्रोजेक्ट लगायतका परियोजनाहरु सञ्चालनमा छन्।

कृति भेन्चर फण्ड लिमिटेड नेपाली अर्थतन्त्रको उत्पादनशील क्षेत्रमा कम्पनी निर्माण र प्रवर्द्धन गर्नको लागि संस्थागत पुँजी निर्माण गर्न प्रवर्द्धन गरिएको लगानी कोष हो।