बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, उपाध्यक्षमा सन्तोष कोइराला निर्विरोध

बिजमाण्डू
२०७९ पुष २८ गते ०८:५० | Jan 12, 2023
बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, उपाध्यक्षमा सन्तोष कोइराला निर्विरोध

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन्। उनी उपाध्यक्ष थिए।

Tata
GBIME

उनी अध्यक्ष भएपछि रिक्त उपाध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन्।

केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् भने कोइराला माछापुच्छ्रे बैंकका। यसअघिका अध्यक्ष अनिल उपाध्यायको कृषि विकास बैंकमा कार्यकाल सकिएपछि स्वत: बैंकर्स संघबाट हटेका थिए। संघमा अध्यक्ष तथा कार्यसमितिको कार्यकाल दुई वर्षको हुन्छ।

संघले बुधबार विशेष साधारणसभा गरेको थियो। 

कोइराला कार्यसमितिको सदस्य थिए। उनको ठाउँमा कसैलाई पनि चयन गरिएको छैन।