नेपाल टर्की चेम्वर र युसेट पदाधिकारीवीच काठमाडौंमा भेट, सहयोगको समझदारी

बिजमाण्डू
२०६९ असोज १९ गते ००:०० | Oct 5, 2012
नेपाल टर्की चेम्वर र युसेट पदाधिकारीवीच काठमाडौंमा भेट, सहयोगको समझदारी


काठमाडौं । नेपाल टर्की चेम्वर अफ कमर्श एण्ड इन्डष्ट्रिज (एनटिसिसिआई) र युनियन चेम्वर अफ कमोडिटि एक्सचेञ्ज अफ टर्की (युसेट)वीच आपसी सहयोग प्रवद्र्धन गर्न समझदारी भएको छ । नेपाल भ्रमणमा आएको युसेट अध्यक्ष रोना यीरकालीको टोलीसँग एनटिसिसिआईका अध्यक्ष अखिल चापागाईंले भेट गरी समझदारी गरेका हुन् ।
भेटका क्रममा युसेट बोर्डका सदस्य चिहान सान्देमिरले युसेट महिला उद्यमीलाई प्रवद्र्धन गर्न चाहिरहेको बताएका थिए । एनटिसिसिआईका अध्यक्ष चापागाईंले टर्की नेपालवीच संयुक्त लगानीका सम्भावनाहरु पहिचान गर्नुपर्ने बताए ।

Tata
GBIME
Nepal Life