सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्नप्रसाद उपाध्याय नियुक्त

बिजमाण्डू
२०७९ कात्तिक १५ गते १४:३४ | Nov 1, 2022
सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्नप्रसाद उपाध्याय नियुक्त


काठमाडौं। सानिमा जीआइसी  इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

Tata
GBIME
NLIC

कम्पनीको संचालक समितिको बैठकले उपाध्यायलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। 

२०७७ देखि उपाध्याय सानिमा जनरल इनस्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए।

यसअघि उनले प्रिमियर इन्स्योरेन्स कम्पनीमा सीइओको कार्यभार सम्हालेका थिए।

सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी  नेपाल मर्जरपछि कात्तिक ७ बाट सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी बनेको हो।

एकीकृत कारोबार सुरु भइसकेको छ। बीमा समितिले चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएपछि दुई कम्पनी आपसमा गाभिएका हुन्।  

कम्पनीको अध्यक्षमा कुनाल कायल नियुक्त भएका छन्। संचालकमा डा. हेमन्तकुमार दवाडी, सोनाम ग्याछो, प्रकाशमान श्रेष्ठ,  कृष्ण बोहरा र  मिता मुरारका छन्।