इन्टरनेशनल लिजिङ एण्ड फाइसान्सले भन्यो, मर्जरमा जाने हाम्रो औपचारिक निर्णय भएको छैन



बिजमाण्डू
२०७० माघ १३ गते ००:०० | Jan 27, 2014
काठमाडौं । इन्टरनेशनल लिजिङ एण्ड फाइसान्स कम्पनीले कुनै बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जाने आधिकारिक निर्णय नभएको नेप्सेलाई जानकारी गराएको छ । नेप्सेमा आइतवार पेश गरेको पत्रमा यस्तो उल्लेख भएको जानकारी नेप्सेको वेबसाइटमा जानकारी गराइएको छ । आइतवार फाइनान्सको तीन करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 
यसअघि कम्पनी र बैंक अफ काठमाण्डूबीच मर्जरको लागि अनौपचारिक पहलहरु भएको थियो। कम्पनीको यो अघिपनि ग्रान्ड बैंक नेपालसँग मर्ज हुने अनौपचारिक सहमति भएको थियो। 
बिओकेले साउन ६ गते विशेष साधारणसभा बाटै  मर्जर सम्वन्धि विशेष प्रस्ताव पारित गरेको थियो । आइएलएफसीले ग्रान्डसँग मर्जरका बारेमा कुराकानी गरकै बेला साधारणसभाबाट अख्तियारी लिइसकेको थियो । बिओकेको विशेष साधारणसभाले मर्जरका लागि बिओके सञ्चालक समितिलाई अख्तियारी दिएपछि औपचारीक प्रक्रिया सुरु हुने बताइएको पनि थियो । 
आइएलएफसी वाणिज्य बैंक बन्न दुई अर्ब रुपैयाँ पुँजी वृद्धि गरेको संस्था हो । राष्ट्र बैंकले ‘ग’ वर्गको संस्थालाई एकैचोटी ‘क’ वर्गमा स्तरोन्नती गर्न नदिने नीति लिएपछि आइएलएफसी वाणिज्य बैंक बन्न वञ्चित भएको थियो । मर्जर भएर भए पनि वाणिज्य बैंक बन्ने नीति अनुसार आइएलएफसीले ग्रान्डसँग कुराकानी अगाडि वढाएको थियो ।
आइएलएफसी ग्रान्डलाई १८ रुपैयाँ प्रिमियम दिएर गाभिन तयार भएको थियो । गाभिएपछि सञ्चालक समितिका अध्यक्ष अजयवहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनिल ढुङ्गेलले अहिलेको पद नपाउने भएपछि ग्रान्डसँग मर्जर टुङगिएको थियो । बिओके र आइएलएफसीका केही प्रवद्र्धकहरु एउटै छन् । अध्यक्ष शाहसहितको टोलीले बिओकेसँग कुराकानी अगाडि वढाएपछि मर्जर हुने निश्चित जस्तै भएको थियो।
 

Tata
GBIME
Nepal Life