शंकर इलेक्ट्रिक इण्ड्रष्ट्रिज ठगी प्रकरणः कम्पनी रजिस्ट्रार कार्यालयका दुई उपसचिव पक्राउ



बिजमाण्डू
२०७५ असोज ११ गते १४:२१ | Sep 27, 2018
शंकर इलेक्ट्रिक इण्ड्रष्ट्रिज ठगी प्रकरणः कम्पनी रजिस्ट्रार कार्यालयका दुई उपसचिव पक्राउ


काठमाडौं। ठगी अभियोगमा फरार रहेका कम्पनी रजिस्ट्रार कार्यालयका दुई उपसचिव पक्राउ परेका छन्। 

Tata
GBIME

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार काठमाडौंबाट उप-सचिवस्तरका कर्मचारीहरू गंगाधर पौडेल र धर्मराज रोकाया लाई नियन्त्रणमा लिएको हो। आयोगका सहसचिव रामेश्वपर दंगाल दुई कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिरहेको जानकारी दिए।

यस्तो थियो ठगी
केही समय अगाडि शंकर इलेक्ट्रिक इण्ड्रष्ट्रिजको सेयर बिक्री विषयमा बढेको विवादले सम्बन्धित कम्पनीका शेयरधनीलाई मात्र होइन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म खैलाबैला मच्चायो। कम्पनीका अध्यक्ष राम निरञ्जन जटिया र जीतबहादुर मगरबीच कम्पनीको मालिक तँ कि म  विवाद चरमोत्कर्षमा थियो। 

विवाद बढ्दै गएपछि उद्योगमन्त्री मात्रृका यादवले दुवै जनालाई उपस्थित गराउन कम्पनी रजिष्टारको कार्यालयलाई निर्देशन दिए। तर, मन्त्री यादवको निर्देशन कर्मचारीले नै टेरेनन्।

मन्त्रालयले असार २८ गते कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै सेयर किनबेचमा किन्ने र बेच्ने दुबै व्यक्ति स्वयम् उपस्थित गराउनु भन्ने निर्देशन दिएको थियो।

विवाद बढेपछि केन्द्रीय अनुसन्धान व्यूरोले छानबिन सुरु गर्योय। अनुसन्धानमा मगरले जटियाको कम्पनीको कागजपत्र कीर्ते गरेर कम्पनी आफ्नो नाममा सारेर खुल्यो।

कारण एउटै थियो, लेनदेन। कर्मचारीद्वय पौडेल र रोकायाले अगाडि नै मगरबाट कम्पनीको शेयर आफ्नो नाममा सारिसेका थिए। 

काठमाडौँ चुनदेवी बस्ने भारतीय नागरिक राम निरञ्जन जटियाको घरमा विगत १६ वर्षदेखि काम गर्दै आएका जीतबहादुरले मिलेर नक्कली कागजात, सहीछाप र हस्ताक्षर कर्ते गरी जटियाको नामको सम्पूर्ण शेयरहरू खरिद गरेको कागजपत्र बनाइ कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए। कम्पनी रजिष्टारको कार्यालयबाट जीतबहादुर मगरको नाममा नामसारी समेत गराउन सफल भयो यो समूह।

मगरका लागि राजनप्रसाद लम्साल र नीरज कुमार मानन्धर मुख्य सहयोग भए। कम्पनीका दुई उपसचिवले पनि ठगीमा साथ दिए। कम्पनी रजिष्टारको कार्यालयमा सहायक रजिस्ट्रार पदमा कार्यरत नारायणप्रसाद पोखरेल र उमेशमान जोशी पक्राउ परे पनि पौडेल र रोकाया अझैसम्म पनि प्रहरीको पन्जाबाट बच्न सफल भएका थिए।

विचौलियाको कर्मचारीसँग सेटिङ
कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारी र जीतबहादुरबीच कुनै पनि सेटिङ भएको थिएन। उनीहरूको सेटिङ अरू नै व्यक्तिले मिलाएका थिए।

विचौलियाले कर्मचारीसँग सेटिङ मिलाएको अनुसन्धानमा खुलेको छ। प्रहरीले अहिले तिनै बिचौलियको खोजी गरिरहेको छ। ठगी अभियोगमा जीतबहादुर पक्राउ परेपछि दुई उपसचिव र विचौलिया काठमाडौँ छोडेर भागेको प्रहरी अनुसन्धानमा खुलेको छ। यही प्रकरणमा कीर्ते कागजपत्र बनाइ ७० करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने १२ जनलाई प्रहरीले पक्राउ गरेको थियो।