नेशनल लाइफको अभिकर्ताको भेला आयोजना, अध्यक्षले नगदसहित सम्मान् गरिन्



बिजमाण्डू
२०७५ असोज २ गते १६:५७ | Sep 18, 2018

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना बरिष्ठ अभिकर्ताहरुको भेला आयोजना गरको छ। तीन दिनसम्म चलेको भेला चितवनको सौराहामा आयोजना गरिएको थियो। 

Tata
GBIME

चेयरपर्सन क्लब कार्यक्रम अन्तर्गत कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह उपस्थित थिइन्। त्यहाँ नेपालभरीबाट करिब २५० जनाको सहभागिता थियो। 

भेलामा उपस्थित सबै सहभागिहरुलाई कम्पनीका अध्यक्षले प्रमाण पत्र वितरण गरी सम्मान गरेकी थिइन्। 

गत बर्ष उत्कृष्ट व्यवसाय गर्ने नेपालगंज शाखामा कार्यरत विजयकुमार पाठक, शंकर लामिछाने, गंगाकुमारी शर्मा, तुल्सी थापा, तिनकुने शाखामा कार्यरत अर्जुन घिमिरे तथा पाल्पा शाखामा कार्यरत संगिता भट्टराईलाई नगद पुरस्कार हस्तान्तरण गरिएको थियो।