बाफिया छलफलमा माफिया नराख्न माग, सभामुखले भनिन्- उचित संबोधन हुने गर्ने गरी कदम उठाउँछु

बिजमाण्डू
२०७३ असार ९ गते ००:०० | Jun 23, 2016
काठमाडौं । पूर्वप्रशासकहरु सहभागि रहेको नागरिक समाजले बैक तथा वित्तिय संस्था सम्बन्धि ऐनको विधेयक (बाफिया) लगायत अन्य कानुन निर्माणमा सरोकारवाला संसदहरुलाई नराख्न सभामुख ओनसरी घर्तिको ध्यानाकर्षण गराएका छन् ।
 
पूर्वगृहसचिव् खेमराज रेग्मीको अध्यक्ष रहेको र अर्का पूर्वगृहसचिव जनार्दन नेपाल समेत संलग्न रहेको नेपाल नागरिक समाजले बाफियामा बैक तथा वित्तिय संस्थाका संचालकहरुलाई हटाउन माग गर्दै सभामुख घर्तीलाई ज्ञापन पत्र बुझाएका हुन्।
 
'सरोकारवालाहरुकै स्वार्थमा कानुन बनाउने कुरा अन्तराष्ट्रिय मूल्य मान्यतामा पनि पर्दैन र प्राकृतिक न्यायको सिद्धान्तको पनि विपरित हुन्छ' समाजका अध्यक्ष रेग्मीले भने, 'यो संसदको मर्यादाको विषयम पनि हो र व्यक्ति स्वयम्को नैतिकताको विषय पनि हो।'
 
उनले नैतिकता भएको व्यक्ति संवयंले त्यसबाट अलग भएर बस्नुपर्ने भन्दै कसैले नैतिकता गुमाएर बस्छ भने सभामुखले उनीहरुलाई समितिबाट हटाउनुपर्ने बताए।
 
उनले स्वार्थ विभाजित सांसद्लाई समितिबाट हटाउन माग गरे। 'निर्णय गर्ने ठाउँमा बसेपछि स्वभाविक रुपमा व्यक्तिको स्वारथ हावी हुन्छ' रेग्मीले भने, 'पहिले म शिक्षा सचिव हुँद शिक्षा विधेयकमा छलफलमा आएका प्याव्सनका प्रतिनिधिले काठमाडौ उपत्यकामा निजी विद्यालयको संख्या पुरा भएको भन्दै दर्ता प्रक्रिया रोक्न माग गर।का थिए।'
 
उनले आफ्नो व्वसयायका लागि मानिसले नैतिकता गुमाउने भन्दै त्यसता व्यक्तिहरु हटाएर भविस्यमा पनि सरोकारवालाहरु कानुन निर्माणमा सहभागि नहुने स्पस्ट व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराए।
 
सभामुख ओनसरी घर्तिले भने तपाईहरुले उचित समयमा उचित सवाल उठान गरेको भन्दै त्यसलाई उचित संबोधन गर्ने आश्वासन दिईन। 'तपाईहरुले उचित समयमा उचित सवाल उठान गर्नुभएको छ' सभामुख घर्तिले नागरिक समाजलाई संबोधन गर्दै भनिन्, 'अब म यसलाई उचित संबोधन गर्ने गरी कदम उठाउने छु।'
 
उनले बाफिया छलफलबाट वा अर्थसमितिबाट ब्यवसायी सांसद हटाउने आस्वासन नदिएपनि केही न केही गर्ने आस्वासन दिईन।

Tata
GBIME
Nepal Life