नेपालमा हुन्छ संसारको सबैभन्दा महँगो एड्भेन्चर

बिजमाण्डू
२०७१ मंसिर २१ गते ००:०० | Dec 7, 2014
नेपालमा हुन्छ संसारको सबैभन्दा महँगो एड्भेन्चर



काठमाडौं। के तपाईं आफ्नो होलिडे एड्भेन्चरस होस भन्ने चाहनुहुन्छ? यदि चाहनुहुन्छ भन् तपाईंका लागि उपयुक्त गन्तव्य बन्न सक्छ संसरकै अग्लो चुचुरो अर्थात सगरमाथा।

Tata
GBIME
NLIC

फेरी सगरमाथा तपाईंले कष्टका साथ चढ्नुपर्दैन तर त्यसको फन्को मार्न शुल्क भने निकै महँगो लाग्छ। तपाईंले ३० लाख पाउण्डस्टर्लिङ अर्थात झण्डै पाँच करोड रुपैयाँ खर्च गरेर यो आनन्द लिन सक्नुहुनेछ।

संसारकै अग्लो चुचुरोको टुप्पामा पुग्न चाहने जो कोहिले पनि 'हट एयर बेलुन'को साथमा यो आनन्द लिन सक्छ। ३० हजार फिट भन्दा उचाईमा हुने यो यात्रा गर्न चाहनेले सगरमाथासँगै अन्य हिमालको पनि मनमोहक दृश्यावलोकन गर्न पाउनेछन्।

जसले यो यात्रा 'अफोर्ड' गर्न सक्छ उसले जीवनमा यसअघि कहिल्यै पनि नदेखेका हिम श्रृङ्खला देख्न पाउनेछन्। उसले ३६० डिग्रीमा हिउँले ढपक्कै ढाकिएका हिमाल र उच्च पहाडको अवलोकन गर्न पाउनेछन्, र त्यस्ता पर्यटकलार्इ साथ दिनेछन्, हट एयर बेलुनमा संसरारकै भेट्रान पाइलट क्रिष डिउह्रिस्टले ।

क्रिस्ट ती व्याक्ती हुन जसले सगरमाथामा सबैभन्दा पहिले सन् १९९१ मा सगरमाथामा हट एयर वेलुन उडाएका थिए । उनी सगरमाथामा हट एयर बेलुन उडाउने पहिलो व्याक्ती पनि हुन् । क्रिष  भन्छन्, सगरमाथा माथि उडिरहँदा उड्नेले् सोच्नेछ म संसारको सबैभन्दा माथि छु र म भन्दा माथि अब अरु कोही छैन।

यदि यस क्षेत्रको मौसमले साथ दिए यात्रा एक दिनमा पुरा हुन सक्नेछ। बेलुनमा उड्न चाहनेले नेपाली भूमीमा केही समय बिताउनु पर्नेछ। त्यो ठाउँ भनेको सगरमाथा चढ्नेले आफ्नो यात्रा आराम्भ गर्ने स्थान हुनेछ।

यो यात्रा गर्न चाहने एक जनाले करिब तीन मिलियन पाउण्ड अर्थात ४.८ मिलियन डलर खर्च गर्नुपर्नेछ। यदि उसँग जोडि भएमा भने सस्तो पर्नेछ। क्रिष्टका अनुसार जोडी उड्नका लागि ३.३ मिलियन पाउण्ड खर्च लाग्नेछ ।

बेलुनमा एक पटकमा दुई जना उड्न सक्नेछन्। ‍यद्यपि यसका लागि भने यात्रा गर्ने व्यक्तिको शारीरिक आकार र केही तालिम पनि लिनुपर्ने क्रिषले बताए ।

'यो एक महत्वपूर्ण कुरा त छँदैछ यसमाथि पनि यो यात्रा गर्नेले संसारकै उच्च भागमा पुग्ने अवसर पाउनेछ।' यसबारेमा प्रकाशित भएको एक सूचना अनुसार, 'क्रिस र उनको समूहले पहिलो उडान त भरिसकेको छ, यदि तपाईं चाहनुहुन्छ भने अब पालो तपाईंकै हुनेछ ।'
 

केही समय नेपाल बस्नुपर्ने
यो प्याकेजमा हुने यात्रा एक दिनको मात्रै नहुन सक्छ। यात्रा गर्नेहरुले केही हप्तासम्म नेपालमा नै बिताउनु पनि पर्न सक्छट । किनभने उच्च हिमाली क्षेत्रमा मौसम सधैंभरी सफा नहुन सक्छ, क्रिषले भने, यात्रीले मौसम सफा हुने समयसम्म नेपालमा नै बसेर कुर्नुपर्ने हुन्छ।

सन् १९९१ मा पाइलट क्रिसले पहिलो पटक यो रुटमा एकल उडान गरेका थिए भने दोस्रो चरणमा उनले अर्का एक साथीसँग उडेका थिए।

हट एयर बेलुनका यात्रीले नेपालमा बसेर मात्रै पनि हुँदैन्, यात्रालाई सुरक्षित बनाउनु पाइलट क्रिसको पहिलो प्राथमिकता हुन्छ। उनले यसका लागि यात्रीलाई तालिम पनि दिन्छन्। यदि उनले भने अनुसार तालिम पुरा भएन भने वा त्यो व्यक्ति फिट नभएमा उडान तालिका समेत परिवर्तन हुन सक्छ।