यी हुन सानै उमेरमा नमुना काम गरेर कराेडपति बन्ने ब्यवसायी

बिजमाण्डू
२०७१ असोज २६ गते ००:०० | Oct 12, 2014
यी हुन सानै उमेरमा नमुना काम गरेर कराेडपति बन्ने ब्यवसायी


काठमाडौं । संसारमा धेरै मानिसले विभिन्न पेशा तथा ब्यवसाय गरेर चर्चा तथा ठुलो धन आर्जन गरेका छन् । कतिपयले जीवनको पूवार्द्धमै सफलता हात पारेका छन् त कतिपयले उत्तरार्द्धसम्म पनि संघर्ष गरिरहेका हुन्छन् ।
यस्तै मध्ये केही बालबालिका संसारमा यस्ता धेरै बालबालिका छन् जो सानो उमेरमै करोडको मालिक बनेका छन् । नयाँ ब्यापारिक आइडिया प्रयोग गरी संसारलाई नै पछि पारेका छन् । संसारमै नमूना काम गरेका उनीहरु विश्वप्रसिद्ध पत्रपत्रिकामा त छाएका छन् नै नयाँ तथा फरक काम गरी समाजमा
पनि आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

Tata
GBIME
NLIC

इवान
इवान अमेरिकी बालक हुन् । उनी उमेरले आठ वर्षका भए । उनको नयाँ आइडिया भनेको युट्युबमा भिडियो तथा गेमको रिभ्यू राख्ने हो । इवान यस्ता बालक हुन् जसले युट्युबबाट नै एक वर्षमा करीब आठ करोड भारु अर्थात झण्डै १३ करोड नेपाली रुपैयाँ कमाए । उनी इवान ट्युब एचडी चलाउँछन् ।

यही युट्युब च्यानलमार्फत उनले खेलौना तथा भिडियो गेम्सको रिभ्यू गर्ने गरेका छन् । यही खेलौना तथा भिडियो गेमको रिभ्यूबाट मात्रै उनले एक वर्षमा १३ लाख डलर कमाएका हुन् । यो काम सुरुमा उनका बाबु र उनी मिलेर गरेका थिए । इवानको पिताको पास सेल्स टिम पनि छ । उनका अनुसार यो टिमल विज्ञापन तथा विभिन्न ब्रान्डका काम गर्दै आएको छ ।

इभानले चर्चामा रहेका विभिन्न गेमहरुको नयाँ ढंगबाट प्रस्तुत गरे । संसारभर चलेका एंग्रीबर्ड लगायतका गेमहरुको स्टप मोसन भिडियोहरु पनि सार्वजनिक गरे । उनको नयाँ कामबाट फन प्रोजेक्टकोसमेत शुभारम्भ भयो ।

मैडिसन
मैडिसन साइप्रसकी किशोरी हुन् । यी किशोरी अहिले १६ वर्षकी भइन् । उनको मुख्य आइडिया फुटवेयर चेन हो । उनको फिस फ्लप्स नामको एक कम्पनी छ । यसका लागि सुरुमा त उनले आफ्ना बाबुलाई निकै फकाउनु पर्यो । छोरीको जिद्दीका अगाडि मैडिसनका बाबुको केही जोर चलेन र उनले नौसय डलर दिए ।

उनले यही पैसाबाट आफ्नो व्यवसाय अघि बढाइन् । उनले त्यसपछि आर्थिक सहयोगका लागि बाबुको मुख ताक्न परेन । पछि यो कम्पनी संसारभर प्रचलित मात्रै भएन वर्षमा १० लाख डलर अर्थात झण्डै १० करोड रुपैयाँ कमाउन सफल भयो ।

उनको कम्पनीले सन् २०१० मा पहिलो पटक व्यापार सुरु गरेको थियो । २०१२ मा पनि याहुले उनको बारेमा फिचर स्टोरी सार्वजनिक गरेको थियो कि कसरी १५ वर्षकी किशोरी करोडपति बन्न सफल भइन भनेर ।

अहिले सामाजिक सञ्जाल ट्वीटरमा मात्रै उनको एक लाख फलोअर्स रहेका छन् । उनको शोख भनेको पौडी खेल्नु, माछा मार्नु र चित्रकला गर्नु रहेको छ ।

संजय कुमारन र श्रवण कुमारन

भारतको चेन्नइका यी दुई भाइको उमेर १३ र १५ वर्ष मात्रै भयो । करीब दुई वर्ष अघि यी दाजुभाई मिलेर मोवाइल एप्लिकेशन फर्म बनाए । उनीहरुको फर्मको नाम गो डाइमेन्सन रहेको छ । ११ वर्षको उमेरमा कम्पनीको सिइओ बनेका संजय नमुना बालक हुन् । उनका दाइ श्रवण कम्पनीको अध्यक्ष बनेका थिए ।

त्यतिमात्रै होइन उनी संसारमै कम उमेरमा कम्पनीको मालिक बन्ने ब्यक्ति पनि हुन् । उनको एक एप्स क्याच अप कप विश्वका ४५ भन्दा धेरै देशमा ६० हजार पटक डाउनलोड भएको छ । उनीहरुले अहिलेसम्म विभिन्न सात फरक फरक एप्स बनाइसकेका छन् ।

उनीहरुले बनाएका एप्स गुगल तथा एन्ड्रोइड प्ले स्टोरमा उपलब्ध छ । 'हामी सधैं कम्प्यटुर प्रति इन्ट्रेस्टेड हुन्छौं,' एक अन्तर्वार्तामा श्रवणले भनेका छन्, 'हामीले सुरुमा हाम्रो बुबाकै कम्प्युटरबाट नयाँ कुरा सिक्न थाल्यौं ।'

हर्टमेन
अमेरिकी किशोर हर्टमेन उमेरले १६ वर्षका भए । उनी मैन बत्तीको कारोबार गर्छन् । ओहायो निवासी उनी ब्यापार गर्न चाहँदैनथे । तर उनलाई एउटा साइकल किन्ने रहरले नै अहिले ब्यापारी बनायो । उनको परिवारसँग हर्टमेनलाई साइकल किनिदिने आर्थिक हैसियत थिएन ।

उनी साइकल रेसमा खुबै शौखिन थिए । यसका लागि उनले म्यान क्यान्स नामक सुगन्धित मैनबत्तीको कारोबार सुरु गरे । उनले साइकल किन्नकै लागि सुरु गरेको व्यवसाय निकै विस्तार मात्रै भएन कम्पनीले सारा बजार नै कब्जा गर्यो । गएको वर्षमात्रै उनको कम्पनीले झण्डै २२ लाख डलर अर्थात २२ करोड रुपैयाँको मैनबत्तीको कारोबार गरेको थियो ।

मोजाह
सानै उमेरमा करोडपति बन्ने अर्का बालक हुन मोजाह । उनी पनि अमेरिकी नागरिक हुन् । उनको उमेर अहिले जम्मा १२ वर्षको भएको छ । सुरुमा उनी आफ्ना हजुरआमालाई सहयोग गर्दथे । हजुरआमाको सानो टेलर थियो ।
हजुरआमालाई सहयोग गर्दा गर्दै उनले २०११ मा आफ्नै कम्पनीको स्थापना थरे जसको नाम थियो मोज बोस ।

उनले सुरुकै वर्ष आफ्नो कम्पनीबाट करीब पाँच हजार बोस (टाइको माथि लगाउने फुर्को) बेचेका थिए । जसको मूल्य झण्डै ९० हजार डलर अर्थात करीब ९० लाख रुपैयाँ थियो । उनले सोसल मिडियामार्फत पनि यो ब्यापार थालेका छन् । -एजेन्सीकाे सहयाेगमा