
काठमाडौं । कमर्ज एन्ड ट्रस्ट बैकले तीजको अवसरमा नारी बचत खाता सञ्चालनमा ल्याएको छ । वार्षिक ५ दशमलब ७५ प्रतिशत ब्याजदर रहेको यो योजनामा मासिक रुपमा ब्याज भुक्तानी हुने बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो खाता खोलेपछि पहिलो ६ महिनासम्म निःशुल्क लकर सेवा प्रदान गरिने बैकले जनाएको छ ।