केटीले छोडे पनि चम्किएला टमको भाग्य ?, एक वर्षमै कमाए सात अर्ब

बिजमाण्डू
२०६९ असार २० गते ००:०० | Jul 4, 2012
केटीले छोडे पनि चम्किएला टमको भाग्य ?, एक वर्षमै कमाए सात अर्ब

न्युयोर्क । गएको सप्ताहन्त हलिउडमा सबैभन्दा ठूलो प्रश्न थियो, केटी होम्सलाई डिभोर्स दिएवापत टम क्रुजले कति चुकाउनुपर्ला ? छोरी सुरीको जिम्मा कसले लिन्छ ? केटीले डिभोर्सको फाइल क्यालिफोर्नियाको सट्टा किन न्युयोर्कमा दर्ता गरिन् । यी सबै प्रश्नको उत्तर अझै आएको छैन, तर एउटा अर्को प्रश्नको जवाफ आएको छ, क्रुज हलिउडमा सबैभन्दा बढी कमाउने अभिनेता हुन् ।
टमले मे २०११ देखि मे २०१२ को बीचमा साढे सात करोड डलर (छ अर्ब ७५ करोड रुपैयाँ)कमाएर हलिउडमा सबैभन्दा बढी कमाउने कलाकारको सूचीको नम्वर १ स्थानमा आफ्नो नाम दर्ता गराएका छन् । सम्भवत यो रकमले केटीसँगको सम्वन्ध विच्छेदका लागि ठूलो महत्व राख्नेछ ।
न्युयोर्कको कानून अनुसार सम्वन्ध विच्छेदपछि टमले छोरी सुरीका लागि आफ्नो कमाईको १७ प्रतिशत खर्च गर्नुपर्नेछ । त्यसको मतलव सुरीले ९० लाख डलर भने पाउने छैनन्, न्युयोर्कका कानून व्यवसायी जेफ लेन्डरसका अनुसार चार लाख डलरभन्दा माथिको कमाईमा न्यायाधिशको राय नै सर्वोपरी हुनेछ ।
टमका यो वर्ष मिशन इम्पोसिवल–घोष्ट प्रोटोकल फिल्म रिलिज भएको थियो । त्यसले बक्स अफिसमा ७० करोड डलर आम्दानी गरेको थियो । आम्दानीको केही हिस्सा मुनाफा वापत टमले पाएका थिए । यस अलावा टमलाई नयाँ साइन्स फिक्सनमा आधारित फिल्म ओभ्लिभियनका लागि पनि ठूलै रकम दिइएको थियो । यो फिल्म आगामी अप्रिलमा सिनेमा घरमा आइपुग्ने छ ।
टमपछि नायक लियोनार्दो दि क्याप्रियोले तीन करोड ७० लाख डलर आम्दानी गरेका थिए । उनको फिल्म जे. एडगर जो न त बक्स अफिसमा चम्कियो, न ओस्कारमा नै । यो फिल्मले विश्वभरीबाट जम्मा आठ करोड डलर आम्दानी गरेको थियो । उनले  थ्रि डि भर्सनको फिल्म द ग्रेट ग्याट्स्बीमा अनुवन्ध भएका छन्, जसका लागि उनले दुई करोड डलर पाउने छन् ।
अर्का नायक एडम स्यान्डलरले यही अवधिमा तीन करोड ७० लाख डलर आम्दानी गरे । २०११ मा उनको ज्याक एण्ड जिल फिल्म आएको थियो, जुन फिल्मले १८ करोड डलर आम्दानी गरेको थियो । नायक डोयने जोनसनले तीन करोड ६० लाख डलर आम्दानी गरे । उनले अभिनय गरेको फास्ट एण्ड फ्युरिस फिल्म सन् २०११ मा सबैभन्दा बढी आम्दानी गर्नेमध्येको यो दोस्रो फिल्म थियो ।
सूचीको पाँचौं नम्वरमा रहे हाँस्य कलाकार बेन स्टिलर, उनले अभिनय गरेका दुई फिल्म मिट द प्यारेन्ट्स र नाइट एट म्युजिएमले टनाटन पैसा कमायो भने उनको एनिमेटेड फिल्म मडागास्करले एक अर्ब ६० लाख डलरको आम्दानी ग¥यो । फब्र्सबाट

Tata
GBIME
Nepal Life