
भारतीय बजारमा विहीवार करिब १२ बजे प्रति औंस सुन ७३ भारुले मूल्य घटेर २७ हजार पाँच सय ९० मा कारोबार भइरहेको छ । अघिल्लो दिन त्यहा सोही परिमाणको सुन २७ हजार छ सय ६३ मा कारोबार भएको थियो ।
मंगलवार २७ हजार सात सय ४६ भारुमा, सोमवार २७ हजार सात सय ७६ भारुमा र गत शुक्रवार २७ हजार छ सय ७२ भारुमा त्यहा सुनको किनबेच भएको थियो । नेपाली बजारमा चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले सस्तिएर आठ सय ३० रुपैयाँमा कारोबार भएको छ ।