BIZMANDU
www.bizmandu.com

दुई दिनमा सुनको मूल्य छ सय सयले सस्तियो, तोलाको ५३ हजार छ सय, चाँदी पाँच रुपैयाँ सस्तियो

२०७१ असार १९

काठमाडौं। बुधवार दुई सय रुपैयाँले घटेको सुनको मूल्य विहीवार पनि चार सय रुपैयाँले सस्तिएको छ । बुधवार ५४ हजार रुपैयाँमा कारोबार भइरहेको प्रतितोला सुनको मूल्य विहीवारको लागि भने ५३ हजार छ सय रुपैयाँ तोकिएको छ ।  
भारतीय बजारमा विहीवार करिब १२ बजे प्रति औंस सुन ७३ भारुले मूल्य घटेर २७ हजार पाँच सय ९० मा कारोबार भइरहेको छ । अघिल्लो दिन त्यहा सोही परिमाणको सुन २७ हजार छ सय ६३ मा कारोबार भएको थियो । 
मंगलवार २७ हजार सात सय ४६ भारुमा, सोमवार २७ हजार सात सय ७६ भारुमा र गत शुक्रवार २७ हजार छ सय ७२ भारुमा त्यहा सुनको किनबेच भएको थियो । नेपाली बजारमा चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले सस्तिएर आठ सय ३० रुपैयाँमा कारोबार भएको छ ।  
 
 
 
 
 

Tata
GBIME
Nepal Life