पिज्जाहट बन्द भएकै बेला आयो अर्को फुड चेन, इटालीयन खानाका साथ लिटिल इटाली

बिजमाण्डू
२०६९ भदौ १३ गते ००:०० | Aug 29, 2012
पिज्जाहट बन्द भएकै बेला आयो अर्को फुड चेन, इटालीयन खानाका साथ लिटिल इटाली


काठमाडौं । अन्तराष्ट्रिय फुड चेन केएफसी र पिज्जा हट बन्द भएकै बेला अर्को चेन रेष्टुरेण्ट लिटिल इटालीको पहिलो शाखा काठमाडौंमा खुलेको छ । भारतका प्रमुख १५ शहरमा चेन रेष्टुरेण्ट चलाएको लिटिल इटालीले नेपाली लगानीकर्तासँगको साझेदारीमा यो रेष्टुरेण्ट खोलेको हो ।
रेष्टुरेण्टमा इटाली खाना, वाइन, वियर र ककटेल उपलब्ध भएको कम्पनीले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । दरवारमार्गको लिटिल इटालीमा एकै पटकमा १२० जनाले इटालीको स्वाद लि सक्छन् ।
भारतका १५ शहरमा २६ वटा आउटलेटबाट सेवा दिइरहेको लिटिल इटालीमा ग्राहकले गुणस्तरीय इटालीयन परिकार पाउने कम्पनीका प्रबन्ध निर्देशक राज मेहताले जानकारी दिए ।
कम्पनीले साताको एक दिन बुफे लन्च, क्याटरिङ र होम डेलिभरीको सेवा समेत दिने जानकारी पत्रकार सम्मेलनमा दिइयो । लिटिल इटालीमा जुप्पे सुप, वुड बर्न पिज्जा, पास्ता, मेस्किन स्पेशियलीटी लगायतका परिकारमा विभिन्न भेराइटी पाइने कम्पनीले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life