कलर्स पर्ल व्ल्याक के ११ मोवाइल बजारमा, धुलाे निरोधक, पेन ड्राइभ पनि जोड्न मिल्ने सुविधा

बिजमाण्डू
२०७१ जेठ १४ गते ००:०० | May 28, 2014

काठमाडौं । कलर्स कम्पनीले कलर्स पर्ल ब्ल्याक के ११ मोवाइ बजारमा ल्याएको छ । यो ब्राण्डले उपभोक्ताको मोबाइल चलाउने अनुभवकै स्तरवृद्धि गर्ने कम्पनीको दावी छ । प्राविधिक ग्याजेट चलाउन मन पराउने उपभोक्ताका लागी पर्ल ब्ल्याक के ११ एक स्मार्ट प्रिमियम सेट रहने छ ।
यो मोबाइलमा पहिले कहिल्यै पनि अनुभव नगरिएको फिचर राखिएको कम्पनीको दावी छ । मोवाइलमा ओटिजि सिस्टम रहेको यो सिस्टमबाट पेन ड्राइभको डकुमेन्ट, ल्यापटप वा कम्प्युटरको प्रयोग बिना सिधै प्रिन्ट गर्नका साथै पेन ड्राइभ डाइरेक्ट फोनमा जोड्न सकिने कम्पनीले जानकारी दिएको छ ।
पर्ल व्ल्याक के ११ मा रहेका पाँच वटा सर्टकट जेस्चर मार्फत फोन अफ भए पनि डाइरेक्ट क्यामेरा, मेसेज, वेब ब्राउजर, डाइल प्याड र ईमेल जान सकिने कम्पनीले जानकारी दिएको छ । मोवाइलमा रहेको कास्ट प्राविधिद्वारा के ११ बाट खिचिएको भिडियो वाइ फाइबाट सिधै स्मार्ट टिभीमा हेर्न सकिने पनि कम्पनीले मंगलवार जारी प्रेस विज्ञप्तिमा छ ।
के ११ लाइ पन्जा लगाएर पनि चलाउन सकिने पनि कम्पनीले जानकारी दिएको । यो मोवाइलमा पाँच इन्चको क्युएचडि डस्ट रेजिस्टेन्ट स्क्रिन, १.३ जिएचजेड क्वाड कोर प्रोसेसर, ८ जिबि रोम र १ जिबि ¥याम छ ।  फोनमा १ वर्ष र यसको ब्याट्रीमा ६ महिनाको वारेण्टि छ । नेपालमा २८ वटा ठाँउमा कलर्जको सर्भिस सेन्टर फैलिएको जानकारी पनि कम्पनीले दिएको छ ।   

Tata
GBIME
Nepal Life