मनोज भट्टराई फेरी बिमा क्षेत्रमै फर्किए, प्राइम लाइफमा सिइओ नियुक्त, एक बर्ष बाँकी छँदै ग्रान्ड

बिजमाण्डू
२०७१ जेठ १३ गते ००:०० | May 27, 2014
मनोज भट्टराई फेरी बिमा क्षेत्रमै फर्किए, प्राइम लाइफमा सिइओ नियुक्त, एक बर्ष बाँकी छँदै ग्रान्ड

काठमाडौं । ग्रान्ड बैंकमा महाप्रबन्धक मनोज भट्टराई प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी भएर जाने भएका छन् । प्राइमको सञ्चालक समितिले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर स्वीकृतिका लागि नियामक निकाय बिमा समितिमा पठाइसकेको छ । ग्रान्डमा उनको अझै एक बर्ष कार्यकाल बाँकी नै थियो ।
प्राइम लाइफमा केही समयदेखि व्यवस्थापनको नेतृत्व रित्तो थियो । तत्कालिन प्रमुख कार्यकारी अधिकृत रेष्टा झा दोस्रो कार्याकालका लागि नियुक्त भएपछि समितिले उनलाई अनुमोदन गरेको थिएन । त्यसयता कम्पनी नेतृत्वविहिन छ । प्राइम खेतान समूह मूख्य प्रबद्धक रहेको बिमा कम्पनी हो । कम्पनीमा झालगायतले अनियमितता गरेको प्रतिवेदनमाथि बिमा समितिले अध्ययन गरिरहेको छ ।
भट्टराई दुई महिनाअघि मात्र ग्रान्ड बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । बैंकले पर्शुराम कुँवर क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृत बनाएको साता दिन नवित्दै भट्टराई वाहिरिन लागेका हुन् । सुधिर खत्रीले कार्यकाल दुई महिना बाँकी छँदै राजीनामा गरेपछि भट्टराईलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो ।
भट्टराई ग्रान्ड बैंक आउनुअघि नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । बिमा क्षेत्र जानुअघि पनि उनी बैंकिङ क्षेत्रमा कार्यरत थिए । त्रिभूवन विश्वविद्यालयबाट २०३६ सालमा स्नातकोत्तर सकेपछि उनले त्यही लेखा अधिकृतका रुपमा करियर सुरु गरेका थिए ।
त्यसपछि उनी तत्कालिन नेपाल औद्योगिक विकास निगम (अहिलेको एनआइडिसी डेभलपमेन्ट बैंक) मा शाखा अधिकृतका रुपमा छिरेका थिए । एनआइडिसीमा छँदै उनी संयुक्त राष्ट्र संघको व्यवस्थापन सल्लाहकारका रुपमा अफ्रिाका गएका थिए । त्यहाँबाट फर्किएपछि पुनः एनआइडिसीमा जोडिएका उनी सन् २००५ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा वरिष्ठ प्रबन्धकमा रुपमा बिमा क्षेत्रमा छिरेका थिए ।
२००६ मा नेपाल लाइफ छाडेर डिएफआइडि गएका थिए भने २००७ मा त्यहाँबाट फर्किएर नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत भएका थिए । २०११ बाट उनी ग्रान्ड बैंकमा महाप्रबन्धकका रुपमा काम गर्दै आएका हुन । खत्रीले चैत ९ गतेबाट राजीनामा गरेपछि बैंक सञ्चालक समितिले उनलाई कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

Tata
GBIME
Nepal Life