काठमाडौं। बुधवार नेपाल लाइफ इन्स्योरेन्सको पाँच करोड रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । कम्पनीको ३७ हजार सात सय ७५ कित्ता सेयर दुई रुपैयाँ मूल्य वृद्धि भएर कारोबार भएको हो । कम्पनीको संस्थापक सेयर १७ पटक कारोबार भएको छ । २० रुपैयाँले घटेपनि नेपाल लाइफ इन्स्योरेन्सको सात करोड ६३ लाख रुपैयाँको साधारण सेयरको कारोबार भयो ।
ग्लोबल आइएमइको ४२ रुपैयाँले सेयर मूल्य बढेर चार सय ७२ रुपैयाँ पुगेको छ । कमर्ज एण्ड ट्रष्टसंगको मर्जर पछि पहिलो पटक कारोबार भएको बैंकको करिब १० प्रतिशतले मूल्य बढेको छ । मर्जर अघि बैंकको चार सय ३० रुपैयाँमा सेयर कारोबार भएको थियो ।

.png)
यो दिन जलविद्युत् बाहेक अन्य सबै समूहको परिसूचक बढेको छ । नेप्से परिसूचक पनि ६.९९ अंकले बढेको छ । जलविद्युत् समूहको परिसूचक १७.३३ अंकले घट्यो । चिलिमे जलविद्युत्, अरुण भ्याली, बुटवल पावर कम्पनी, सानिमा माइ हाइड्रोको सेयर मूल्य घट्यो । तर नेशनल हाइड्रोपावरको सेयर मूल्य भने १५ रुपैया बढेको छ ।
प्रुडेन्सियल इन्स्योेरेन्स, तारागाँउ होटेल, नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, सेवा बिकास बैंक, नेशनल हाइड्रापावर, जेबिल्स फाइनान्स लगायतको सेयर मूल्य नौं प्रतिशतभन्दा धेरैले बढेको छ । बैंकिङ समूहको परिसूचक ६.२७, बीमा समूहको परिसूचक २६ अंक, उत्पादन तथा प्रशोधनमुलक समूहको १५.५७ अंकले बढेको छ । कुुल बजार पूँजीकरण आठ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।