BIZMANDU
www.bizmandu.com

नेपाल लाइफको पाँच करोडको संस्थापक सेयर किनबेच, ग्लोबल आइएमइको १० प्रतिशतले मूल्य वृद्धि

२०७१ बैशाख १७

नेपाल लाइफको पाँच करोडको संस्थापक सेयर किनबेच, ग्लोबल आइएमइको १० प्रतिशतले मूल्य वृद्धि
नेपाल लाइफको पाँच करोडको संस्थापक सेयर किनबेच, ग्लोबल आइएमइको १० प्रतिशतले मूल्य वृद्धि

काठमाडौं। बुधवार नेपाल लाइफ इन्स्योरेन्सको पाँच करोड रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । कम्पनीको ३७ हजार सात सय ७५ कित्ता सेयर दुई रुपैयाँ मूल्य वृद्धि भएर कारोबार भएको हो । कम्पनीको संस्थापक सेयर १७ पटक कारोबार भएको छ । २० रुपैयाँले घटेपनि नेपाल लाइफ इन्स्योरेन्सको सात करोड ६३ लाख रुपैयाँको साधारण सेयरको कारोबार भयो । 
ग्लोबल आइएमइको ४२ रुपैयाँले सेयर मूल्य बढेर चार सय ७२ रुपैयाँ पुगेको छ । कमर्ज एण्ड ट्रष्टसंगको मर्जर पछि पहिलो पटक कारोबार भएको बैंकको करिब १० प्रतिशतले मूल्य बढेको छ । मर्जर अघि बैंकको चार सय ३० रुपैयाँमा सेयर कारोबार भएको थियो । 
त्यस्तै, ३७ प्रतिशतले नाफा बढेको सोल्टि होटेलको सेयर मूल्य २८ रुपैयाँले बढेको छ । होटेल समूहको परिसूचक पनि ९० अंकले बढेको छ । ओरियण्टल होटेलको सेयर मूल्य २१ रुपैयाँ र तारागाँउ होटेलको ३४ रुपैयाँले बढेको छ ओरियण्टलको केही दिन अघि प्रकासित तेस्रो त्रैमाशको वित्तिय विवरण अनुसार ७४ प्रतिशत नाफा बढेको छ । 
यो दिन जलविद्युत् बाहेक अन्य सबै समूहको परिसूचक बढेको छ । नेप्से परिसूचक पनि ६.९९ अंकले बढेको छ । जलविद्युत् समूहको परिसूचक १७.३३ अंकले घट्यो । चिलिमे जलविद्युत्, अरुण भ्याली, बुटवल पावर कम्पनी, सानिमा माइ हाइड्रोको सेयर मूल्य घट्यो । तर नेशनल हाइड्रोपावरको सेयर मूल्य भने १५ रुपैया बढेको छ ।   
प्रुडेन्सियल इन्स्योेरेन्स, तारागाँउ होटेल, नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, सेवा बिकास बैंक, नेशनल हाइड्रापावर, जेबिल्स फाइनान्स लगायतको सेयर मूल्य नौं प्रतिशतभन्दा धेरैले बढेको छ । बैंकिङ समूहको परिसूचक ६.२७, बीमा समूहको परिसूचक २६ अंक, उत्पादन तथा प्रशोधनमुलक समूहको १५.५७ अंकले बढेको छ । कुुल बजार पूँजीकरण आठ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ । 
 

Tata
GBIME
Nepal Life