काठमाडौं। कारोबार खुलेको केही समय अघिल्लो दिनभन्दा माथी रहेको नेप्से परिसूचक कृषि बिकास बैंक, सानिमामाई हाइड्रो, नेपाल टेलिकम र चिलिमे लगायतको मूल्य घटेपछि सोझै तीन अंकले घट्यो । नेप्से बढ्ने प्रयासमा रहेपनि सफल हुन सकेन । नेप्से बजार बन्द हुँदा २.२७ अंकले घटेर ७८०.४९ मा आइपुगेको छ ।
यो दिन २२ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । यो दिन नेपाल लाइफको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको लाभांश सम्बन्धमा बजारमा अडकलबाजीहरु भइरहेपछि खरीद चाप बढेको छ । बीमा समूहको परिसूचक पनि यो दिन १४ अंकले बढ्यो । बजार बन्द हुँदा भने सानिमामाई हाइड्रोपावर, चिलिमे जलविद्युतको पनि मूल्य बढ्यो । यो समूहको अरुण भ्यालीको भने मूल्य घटेको छ । ‘अन्य’ समूहको नेपाल टेलिकमको मूल्यमा पनि सुधार भएन ।
राष्ट्रिय बीमा संस्थानको पनि मूल्य लगातार बढिरहेको छ । राष्ट्रिय बीमा संस्थानको आव २०६२/६३ यताको वित्तीय विवरण बार्षिक साधारण सभाले पारित गर्न बाँकी रहेको छ । संस्थानले हालसम्म यो बर्षको बार्षिक साधारण सभाको मिती घोषणा गरेको छैन । दुई दिनमा संस्थानको सेयर मूल्य दुई सय ६५ ले बढेको छ । त्यस्तै, ब्लक म्याचिङ कारोबार अघि घटेको तारागाँउ रीजेन्सीको सेयर मूल्य त्यसपछि भने नौं प्रतिशत बढिले मूल्य वृद्धि भएको छ । हाम्रो बिकास बैंकको सञ्चालक समितिले १० बराबर सात अनुपातमा हकप्रद सेयर दिने निर्णय गरेयता सेयर मूल्यमा उच्च वृद्धि भएको छ । तीन दिनमा बैंकको सेयर मूल्य ५९ रुपैयाँले बढेको छ ।
२० प्रतिशत बोनस सेयर दिएको नेपाल लुब आयलको बोनस समायोजनले मूल्य १५ प्रतिशतले घटेको छ । कम्पनीको दुई ४६ बाट मूल्य घटेर दुई सय नौं भएको छ । कृषि बिकास बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डु, एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट लगायत १६ वटा बाणिज्य बैंकको मूल्य घटेको छ । मूल्य घटेको र बढेको धेरै कम्पनीको मूल्यमा ठुलो अन्तर देखिएको छैन् । यो दिन एक सय २३ कम्पनीको चार लाख कित्ता सेयर कारोबार भयो । कुल बजार पूँजीकरण भने सात खर्ब ९५ अर्ब रुपैयाँ भएको छ ।
.jpg)