BIZMANDU
www.bizmandu.com

नेप्से दुई अंकले घट्यो, सोझो रेखाले तीन अंक घटेको नेप्से उक्लिन सकेन, २२ करोडको कारोबार

२०७० चैत्र ११

नेप्से  दुई अंकले घट्यो, सोझो रेखाले तीन अंक घटेको नेप्से उक्लिन सकेन, २२ करोडको कारोबार
नेप्से दुई अंकले घट्यो, सोझो रेखाले तीन अंक घटेको नेप्से उक्लिन सकेन, २२ करोडको कारोबार


काठमाडौं। कारोबार खुलेको केही समय अघिल्लो दिनभन्दा माथी रहेको नेप्से परिसूचक कृषि बिकास बैंक, सानिमामाई हाइड्रो, नेपाल टेलिकम र चिलिमे लगायतको मूल्य घटेपछि सोझै तीन अंकले घट्यो । नेप्से बढ्ने प्रयासमा रहेपनि सफल हुन सकेन । नेप्से बजार बन्द हुँदा २.२७ अंकले घटेर ७८०.४९ मा आइपुगेको छ । 
यो दिन २२ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । यो दिन नेपाल लाइफको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको लाभांश सम्बन्धमा बजारमा अडकलबाजीहरु भइरहेपछि खरीद चाप बढेको छ । बीमा समूहको परिसूचक पनि यो दिन १४ अंकले बढ्यो । बजार बन्द हुँदा भने सानिमामाई हाइड्रोपावर, चिलिमे जलविद्युतको पनि मूल्य बढ्यो । यो समूहको अरुण भ्यालीको भने मूल्य घटेको छ ।  ‘अन्य’ समूहको नेपाल टेलिकमको मूल्यमा पनि सुधार भएन । 

Tata
GBIME
Nepal Life
राष्ट्रिय बीमा संस्थानको पनि मूल्य लगातार बढिरहेको छ । राष्ट्रिय बीमा संस्थानको आव २०६२/६३ यताको वित्तीय विवरण बार्षिक साधारण सभाले पारित गर्न बाँकी रहेको छ । संस्थानले हालसम्म यो बर्षको बार्षिक साधारण सभाको मिती घोषणा गरेको छैन । दुई दिनमा संस्थानको सेयर मूल्य दुई सय ६५ ले बढेको छ । त्यस्तै, ब्लक म्याचिङ कारोबार अघि घटेको तारागाँउ रीजेन्सीको सेयर मूल्य त्यसपछि भने नौं प्रतिशत बढिले मूल्य वृद्धि भएको छ । हाम्रो बिकास बैंकको सञ्चालक समितिले १० बराबर सात अनुपातमा हकप्रद सेयर दिने निर्णय गरेयता सेयर मूल्यमा उच्च वृद्धि भएको छ । तीन दिनमा बैंकको सेयर मूल्य ५९ रुपैयाँले बढेको छ । 
२० प्रतिशत बोनस सेयर दिएको नेपाल लुब आयलको बोनस समायोजनले मूल्य १५ प्रतिशतले घटेको छ । कम्पनीको दुई ४६ बाट मूल्य घटेर दुई सय नौं भएको छ । कृषि बिकास बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डु, एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट लगायत १६ वटा बाणिज्य बैंकको मूल्य घटेको छ । मूल्य घटेको र बढेको धेरै कम्पनीको मूल्यमा ठुलो अन्तर देखिएको छैन् ।  यो दिन एक सय २३ कम्पनीको चार लाख कित्ता सेयर कारोबार भयो । कुल बजार पूँजीकरण भने सात खर्ब ९५ अर्ब रुपैयाँ भएको छ ।