एनआइसी एसियाको २० प्रतिशत लाभांश स्वीकृत, निजी क्षेत्रको ठुलो पाँचमा भएको दाबी, ५० अर्ब आकार

बिजमाण्डू
२०७० फागुन १६ गते ००:०० | Feb 28, 2014
एनआइसी एसियाको २० प्रतिशत लाभांश स्वीकृत, निजी क्षेत्रको ठुलो पाँचमा भएको दाबी, ५० अर्ब आकार

काठमाडौं। एनआइसी एसिया बैंकले प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश स्वीकृत भएको छ । शुक्रवार बिराटनगरमा सम्पन्न बैंकको सोह्रौं बार्षिक साधारण सभाले यो प्रस्ताव पारित गरेको हो ।  ५० अर्ब रुपैयाँको वासलात भएको यो बैंक निजी क्षेत्रका पाँच ठूला बैंकहरुमध्ये पर्ने बैंकको दाबी छ । 
साधारणसभामा संस्थापक शेयरधनी समुहबाट जगदिशप्रसाद अग्रवाल, त्रिलोकचन्द अग्रवाल, तुलसीराम अग्रवाल, लोकमान गोल्छा, रामचन्द्र संघाई सञ्चालकमा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनी समुहबाट राजेन्द्रप्रसाद अर्याल, विरेन्द्रकुमार संघाई र बिनोदकुमार प्याकुरेल सञ्चालकको रुपमा निर्विरोध निर्वाचित भएका छन । 
५३ शाखा र ५७ एटीएम रहेको बैंकले चालु आर्थिक वर्षमा थप १४ वटा शाखा कार्यालय र एटिएम विस्तार गर्ने योजना बनाएको छ । बैकको गत आव २०६९/७० मा ३९ अर्ब ९१ करोड  निक्षेप,  ३१ अर्ब ५५ करोड कर्जा लगानी गरेको छ । बैंकको यो अवधिमा ६४ करोड २१ लाख नाफा रहेको थियो । नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल बैंक र बैंक एफ एसिया मिलेर बनेको बैंकको मर्जर पछिको यो पहिलो साधारण सभा हो । 
  
 

Tata
GBIME
Nepal Life