
.jpg)
काठमाडौं । बलिउड फिल्मका नायक सलमान खानले प्रवद्र्धन गर्ने बिइङ्ग ह्युमनका कपडाको राजधानीमा विक्री सुरु भएको छ । काठमाडौं दरबार मार्गस्थित राइजिङ् मलमा ‘बिइङ् ह्युमन’को पहिलो सोरुम आइतवारबाट सञ्चालनमा आएको हो । पहिलो दिन पहिलो उपस्थित हुने दश व्याक्तिलाई कम्पनीले दश वटा व्याग उपहारमा दिएको थियो । त्यसैगरी पहिलो दुई सय जनालाई बिइङ्ग ह्युमनको होप व्याण्ड उपहार दिइएको थियो ।
.JPG)
कम्पनीले दिने उपहार लिन नौ बजे खुल्ने शोरुममा उपभोक्ता बिहान छ बजेबाट लाइन लागेका थिए । शोरुमको पहिलो लाइनमा रहेका तीन युवतीहरुले आफूहरु बिहान ६ बजेबाट लाइनमा लागेको जानकारी दिए ।
बिइङ्ग ह्युमनलाई एबिसिडीइ इन्कले नेपालमा ल्याएको हो । एबिसिडीइ इन्क व्यवसायमूलक सामाजिक सेवाका लागि कटिबद्ध संस्था भएको दावी गरिएको छ । कम्पनीले आफ्नो पहिलो प्रोजेक्टका रुपमा ‘बिइङ् ह्युमन’लाई नेपालमा लञ्च गरेको एबिसिडीइ इन्कका अध्यक्ष इञ्जिनियर दिपेन्द्र गुरुङले बताए । उनले विश्व विख्यात सेलिब्रेटीहरु आबद्ध संस्थासँग आगामी दिनमा एबिसिडी इन्कले सहकार्य गर्ने समेत जानकारी दिएका छन् ।
.JPG)
एबिसिडीइ इन्कले सलमान खानको सामाजिक संस्था बिइङ्ग ह्युमन र कपडा उत्पादन गर्ने मन्धना इन्टस्ट्रिजसंगको सहकार्यमा आउटलेट खोलेको हो । बिइङ्ग ह्युमनको सन् २००७ मा फ्रान्समा खुलेको पहिलो सोरुमपछि बेल्जियम, स्पेन, बहराइन, दोहा, जेद्धाह, कुबेत, जोर्डन, संयुक्त अरब, पाकिस्तान, रियाध, भारत आदिपछि नेपाल ‘बिइङ् ह्युमन’को सोरुम सञ्चालन गर्ने पन्ध्रौं मूलुक भएको जानकारी पनि गुरुङले दिए ।
(1).JPG)
शिक्षा र स्वास्थ्यका लागि मुनाफा खर्चिदैं आएको ‘बिइङ् ह्युमन’को मूल अवधारणालाई पछ्याउँदै एबिसिडीइ इन्कले पनि ‘बिइङ् ह्युमन’का ब्राण्डको बिक्रिबाट आउने मुनाफाको केही हिस्सा नेपालकै शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग स्वरुप प्रदान गर्ने जानकारी दिएको छ ।
.JPG)
एबिसिडीइ इन्कले राइजिङ् मलमा सञ्चालन थालिएको केही समयपछि काठमाडौंका अन्य स्थानका साथै पोखरा र इटहरीमा पनि यसको शाखा बिस्तार गर्ने योजना बनाएको छ । ‘बिइङ् ह्युमन’को हरेक शाखामा कम्तिमा एकजना अशक्त तथा अपाङ्लाई रोजगारी प्रदान गरिने जानकारी पनि कम्पनीले दिएको छ ।
.jpg)
‘बिइङ् ह्युमन’ ब्राण्डका तयारी पोशाकहरुमा महिला पुरुष, बालबालिका तथा बृद्धबृद्धाका लागि हुने ज्याकेट, टिसर्ट, हुट, सर्ट, पाइन्ट, मोजा, अण्डर गार्मेन्टस, चप्पल, जुत्ता, क्याप छन् ।
.jpg)
.jpg)
सलमान खानले उद्यमी मनिष मन्दनासँग मिलेर मुम्बईको बान्द्रामा भारतको पहिलो स्टोर खोलेका हुन् । बिईङ ह्युमनको क्लोदिङ स्टोरहरु सुरुमा फ्रान्स, बेल्जियम र स्पेनमा खुलेका थिए, त्यहाँ संस्थाले राम्रो देखिनुहोस्, राम्रो गर्नुहोस् नारामा काम गरिरहेको छ । उनको स्टोरमा कपडासँगै घडी पनि उपलब्ध छन्, त्यसमा अब विस्तारै पेन, जुत्ताचप्पल, हेडफोन, पेन ड्राइभ, कपालजन्य उपकरण, डियोडेरेन्ड लगायतका सुविधा छन् ।
.JPG)
तीन दशकदेखि गार्मेन्ट उद्योग चलाइरहेका मनिषले यो परियोजनाका लागि ६० करोड भारतीय रुपैयाँ लगाएका छन् भने एक अर्ब भारु लगानी पुर्याउने योजना बनाएका छन्, उनले मध्यपूर्वमा संस्था विस्तारका लागि पाँच अर्ब डलर सम्पत्ती भएको ल्यान्डमार्क समूहसँग साझेदारी सुरु गरेका छन् । यसले मध्यपूर्वका दश देशमा संस्थाको उपस्थिति हुनेछ ।
तीन दशकदेखि गार्मेन्ट उद्योग चलाइरहेका मनिषले यो परियोजनाका लागि ६० करोड भारतीय रुपैयाँ लगाएका छन् भने एक अर्ब भारु लगानी पुर्याउने योजना बनाएका छन्, उनले मध्यपूर्वमा संस्था विस्तारका लागि पाँच अर्ब डलर सम्पत्ती भएको ल्यान्डमार्क समूहसँग साझेदारी सुरु गरेका छन् । यसले मध्यपूर्वका दश देशमा संस्थाको उपस्थिति हुनेछ ।
मनिषको मन्दना इण्डष्ट्रिजसँग सलमान खानको गैरमुनाफामुखी संस्था बिईङ ह्युमनको फेसन एपेरल्सको आउटलेट विश्वभर खोल्न सक्ने अनुमति छ । आउटलेटबाट प्राप्त हुने रोयल्टी शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बिईङ ह्युमनको योजना छ । बिइङ ह्युमनलाई विक्रीको सातदेखि दश प्रतिशतसम्म रोयल्टी प्राप्त हुन्छ ।
.jpg)
मन्दना इण्डष्ट्रिजले बिईङ ह्युमन ब्राण्डका लागि अग्र्यानिक कटनको प्रयोग गर्नेछ । यसबाट उत्पादन हुने उच्च गुणस्तरीय टिसर्टको मूल्य भारतमा ६९९ भारुदेखि १७ सय भारुसम्म छ । मन्दनासँग अहिले आफ्ना फेसन लाइन विक्रीका लागि तीन सय ८० वटा विक्री केन्द्र छन् ।
सलमान खानले गुणी मानव बन्नका लागि फिल्मको सफलता मात्रैले नहुने बताएका छन्, त्यसका लागि सेवा गर्ने मानवीय गुण पनि आवश्यक पर्दछ । मध्यपूर्व र फ्रान्सबाट खानले बिईङ ह्युमनका लागि ७० करोड प्राप्त गरेका छन्, उनले अर्को एक अर्ब फेरी प्राप्त गर्न सक्ने बताइएको छ । खानले प्रवद्र्धन गरेको बिईङ ह्युमनलाई दान दिने व्यक्ति र संस्थाले उनीहरुको पैसा कहाँ र कसरी खर्च गरियो तथा त्यसबाट कति व्यक्तिले लाभ लिए भन्ने प्रमाणपत्र दिन्छ ।